संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-९ स्थित गुठीटार-बेलहरा भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आज दिउँसो करिब १ः३५ बजे बेलहराबाट सदरमुकाम आउँदै गरेको को २ ह ५५६७ नम्बरको अटो दुर्घटना भएको हो ।

दुर्घटनामा धनकुटा नगरपालिका-९ बेलहारा की ६१ वर्षीया निर्मला बस्नेत, सोही स्थानकी ३३ वर्षीया रेनुका न्यौपाने र १७ वर्षीय डेबिड बिक घाइते भएका छन् ।

Advertisement

यस्तै धनुषाको जनकपुर नगरपालिका-१४ का ४४ वर्षीय बसन्त बहादुर पुर्वे, काठमाडौं महानगरपालिका-२६ का ५० वर्षीय ५० रमेश प्रसाद दुलाल र मोरङको कानेपोखरी गाउँपालिका-५ की २० वर्षीया देवी बिक छन् ।

उनीहरूको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । अटो आफैं अनियन्त्रित भएर नालामा पल्टिएको प्रहरीको भनाइ छ ।

अटो चालक धनकुटा नगरपालिका-९ का ४२ वर्षीय जितेन्द्र बाँस्तोलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!