साफ च्याम्पियनशीपः भूटानलाई ३–० ले हराउँदै नेपालको  विजयी सुरुवात

साफ च्याम्पियनशीपः भूटानलाई ३–० ले हराउँदै नेपालको विजयी सुरुवात

विराटनगर, २८ फागुन । विराटनगरमा आजदेखि सुरु भएको साफ च्याम्पियनशीप महिला फुटबलको पाँचौ संस्करणमा नेपालले विजयी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा आयोजक नेपालले पाहुना भूटानलाई ३-० ले हराउँदै विजयी सुरुवात गरेको हो । खेलको सुरुवातदेखि नै बललाई नियन्त्रणमा राखेको नेपालले पहिलो गोल गर्न भने १३ औं मिनेटसम्म कुर्नु परेको थियो । खेलको पहिलो मिनेटमा नै अग्रता लिने महत्वपूर्...
ई–पाटी ल्यापटप कार्यक्रमप्रति शिक्षक र विद्यार्थीको बढ्दो आकर्षण

ई–पाटी ल्यापटप कार्यक्रमप्रति शिक्षक र विद्यार्थीको बढ्दो आकर्षण

दार्चुला, २८ फागुन । साझा शिक्षा ई–पाटी ल्यापटप कार्यक्रम सञ्चालन भएपछि शिक्षक विद्यार्थीको आकर्षण बढेको छ । गत भदौ अन्तिम सातादेखि जिल्लाका एक नगरपालिका र चार गाउँपालिकाका १५ वटा विद्यालयमा नमूनाका रुपमा ई–पाटी ल्यापटप वितरण भएपछि शिक्षण क्रियाकलापमा शिक्षक विद्यार्थी दुबैको आकर्षण बढेको हो । “र्ई–पाटी ल्यापटपमार्फत शिक्षण शुरु भएपछि विद्यार्थीको पढाइप्रति रुचि बढेको छ”, मार्मा गाउँपालिकास्थि...
उपराष्ट्रपतिले गरे अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ को प्रशंसा

उपराष्ट्रपतिले गरे अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ को प्रशंसा

उपराष्ट्रपति नन्दबहादुर पुनले अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ हेरेर प्रशंसा गरेका छन् । सोमवार काठमाडौंको कमलपोखरीमा रहेको विग मुभिजमा कडा सुरक्षाका बीच श्रीमतीसँग पुगेका उनले फिल्मको कथा र कलाकारहरुको अभिनय मन परेको बताए । उनले युवापिढी र राष्ट्रवादीहरुलाई फिल्म हेर्न पनि आग्रह गरे । फिल्म हेरिसकेपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने- 'एकदमै राम्रो लाग्यो फिल्म । सबै नेप...
आलियाले गरिन् रिजेक्ट एनटीआर र रामचरणको फिल्म

आलियाले गरिन् रिजेक्ट एनटीआर र रामचरणको फिल्म

‘बाहुबली’ सिरिज फेम डाइरेक्टर एसएस राजामौली अहिले आफ्नो नयाँ फिल्म ‘आरआरआर’ का लागि लिड अभिनेत्रीको खोजी गरिरहेका छन् । फिल्ममा तीन अभिनेत्रीको लिड रोल रहनेछ । राजामौलीले अभिनेत्री आलिया भट्टलाई कास्ट गर्न योजना बनाएका छन् र उनलाई महँगो पारिश्रमिक दिन पनि उनी तयार छन् । तर, अब चर्चा छ कि, आलियाले एकपछि अर्को फिल्ममा व्यस्त हुने भएका कारण 'बाहुबली' निर्देशकको फिल्म ‘आरआरआर’ अस्वीकार गरेकी छन् । ...
अमेरिकाको एउटा सहरमा बाख्रो बन्यो मेयर

अमेरिकाको एउटा सहरमा बाख्रो बन्यो मेयर

एजेन्सी  । मेरिकाको भर्मोन्टस्थित फेयर ह्याभेन सहरमा एउटा बाख्रालाई मेयर पदमा निर्वाचित गरिएको छ । ३ वर्षको लिंंकन नामक उक्त बाख्रोले शहरको मानार्थ मेयर पदमा चुनाव जितेको हो । फेयर ह्याभेन सहरमा कुनै पनि पाल्तु जनावरलाई मेयर बनाइएको यो पहिलो घटना हो । टाउन मिटिङ दिवसका अवसरमा बाख्रोलाई एक वर्षका लागि मेयर पदमा चुनिएको थियो । १६ वटा पाल्तु जनावरको बीचमा मेयर पदका लागि चुनाव गरिएको थियो । कुकुर...
‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण बाँकी

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण बाँकी

काठमाडौँ, २८ फागुन । यातायात व्यवस्था विभागले सात महीनादेखि यताका मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताएको छ । झण्डै चार लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार पहिले सेवाग्राहीले आवेदन दिएको एक वर्षसम्मको वितरण गर्न नसकिएकामा अहिले त्यो अवधि कम हुँदै गएको छ । सात महीनामा छापिँदा पन...
उदयपुर जिल्लाको बेलका नगरपालिकामा बृहत् सामाजिक सुरक्षा कार्यक्रम

उदयपुर जिल्लाको बेलका नगरपालिकामा बृहत् सामाजिक सुरक्षा कार्यक्रम

गाईघाट, २८ फागुन । उदयपुर जिल्लाको बेलका नगरपालिकाले पहिलोपटक नगरपालिकामा बृहत् सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाएको छ । नगरपालिकाभित्रका जनतालाई प्रत्यक्ष रुपमा स्थानीय सरकारको सेवाको अनुभूति गराउन र लोककल्याणकारी सेवा प्रदान हुने गरी विभिन्न सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा नगरभित्रको जुनसुकै उमेरका नागरिक भएपनि कुनै बिरामी भएर उपचार गर्नु परेमा सामान्य बिरामीको उ...
ब्राजिलमा बाढी र पहिरोमा परी एघारको मृत्यु

ब्राजिलमा बाढी र पहिरोमा परी एघारको मृत्यु

साओ पाउलो, २८ फागुन । ब्राजिलको ठूलो शहर साओ पाउलोलगायत महानगर पालिकाको ठूलो इलाकामा आएको भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीका एघार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आइतबार राती परेको भीषण वर्षापछि पाँच व्यक्ति डुबेर मरेका र अन्य छ सो वर्षापछि गएको पहिरो परी मारिएका सरकारी स्रोतले जानकारी दिएको छ । भारी वर्षाको कारण साओ पाउलोमा एक शहरबाट अर्को शहरमा जा...
गाईमा भ्रुण प्रत्यारोपण

गाईमा भ्रुण प्रत्यारोपण

चितवन, २८ फागुन । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा रहेका गाईमा भ्रुण प्रत्यारोपण प्रविधि आजबाट शुरु गरिएको छ । पहिलो बेतको अन्दाजी तीन वर्ष ६ महीनाको जर्सी गाईलाई होलिस्टन गाईको भ्रुण प्रत्यारोपण गरी यहाँका गाईमा यो प्रविधिको थालनी गरिएको हो । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार अमेरीकाबाट झिकाइएको शुद्ध नश्लको जर्सी वा होलिस्टन गाईको भ्रुण ...
प्रदेश नं–१ को प्रदेशसभा बैठक

प्रदेश नं–१ को प्रदेशसभा बैठक

विराटनगर, २८ फागुन । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पायो । प्रदेश नं–१ को प्रदेशसभा नियमावली २०७४ को नियम ९३(२) बमोजिम सो विधेयकमा प्रदेशसभा सदस्यहरु केदार कार्कीले सहकारी नहुनेलाई हुने बनाउनेतर्फ केन्द्रित रहनुपर्छ भन्दै यो विधेयकमा अझ विचार परिस्कृत गरिनुपर्ने कुरामा जोड दिनुभयो । सदस्य जयराम यादवले सहकारी देश निर्माणको मे...
जन्ती बस दुर्घटनामा दुईको मृत्यु

जन्ती बस दुर्घटनामा दुईको मृत्यु

हेटौँडा, २८ फागुन । मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा जन्ती बस दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोकमार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा दिउँसो करीब २ बजे दुर्घटना भएको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएक...
सिंगापुरद्वारा बोइङ ७३७ म्याक्स उडान स्थगित

सिंगापुरद्वारा बोइङ ७३७ म्याक्स उडान स्थगित

सिंगापुर, २८ फागुन । सिंगापुरको नागरिक उड्डयन एजेन्सीले आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेको छ । छ महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका दुईवटा विमान उड्नासाथ दुर्घटना भएपछि सिंगापुरले उक्त कदम चालेको जनाएको छ । यसै साता इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स जहाज इथियोपियाको राजधानी आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाबाट सबै १५७ जना या...
करीब चार हजार युवालाई रोजगार बनाइँदै

करीब चार हजार युवालाई रोजगार बनाइँदै

काठमाडौँ, २८ फागुन । सरकारले यसवर्ष करीब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यसवर्ष तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी गराउनुभयो । उहाँले छोटो अवधि...
घरबाटै पानी बोकेर विद्यालयमा

घरबाटै पानी बोकेर विद्यालयमा

खलङ्गा, २८ फागुन । यहाँको एक विद्यालयमा खानेपानीको समस्याले विद्यार्थी आफ्नो घरबाटै खानेपानीको बोतल झोलामा हालेर पढ्न जाने गरेका छन् । जुम्लाको सिञ्जा गाउँपालिका–६ मा रहेको शान्तिजन आधारभूत विद्यालय काडागाउँ स्थापनादेखि खानेपानीको अभाव झेल्दै आएको छ । स्थापना भएको विसं २०६४ देखि विद्यालयमा खानेपानीको अभाव रहेको प्रधानाध्यापक मानबहादुर रोकायाले जानकारी गराउनुभयो । भोगौलिक हिसाबले दुर्गम भएका का...
साँढे काटेको अभियोगमा मुद्दा

साँढे काटेको अभियोगमा मुद्दा

गौशाला, २८ फागुन ।  महोत्तरी जिल्लामा पहिलो पटक साँढेलाई धारिलो हतियार प्रयोग गरी काटेको अभियोगमा प्रहरीले एक जनामाथि मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बस्ने इन्दल महरा चमारले धारिलो हतियार प्रयोग गरी साँढेको तीन खुट्टा काटेर घाइते बनाएको अभियोगमा उनलाई प्रहरीले प्रक्राउ गरी उनीमाथि अङ्गभङ...
‘वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्छ’: देउवा

‘वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्छ’: देउवा

पोखरा, २८ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताउनुभयो । सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाउनुभयो । फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुशलगाउन खोजेको सभापति देउवा...
नोबेलका बिद्यार्थीको खेलकुद उत्सव सम्पन्न (भिडियोसहित)

नोबेलका बिद्यार्थीको खेलकुद उत्सव सम्पन्न (भिडियोसहित)

विराटनगर, २८ फागुन । नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुले हरेक बर्ष सञ्चालन गर्दै आएको फियस्टा अर्थात खेलकुद उत्सव यसबर्ष ८ दिनसम्म सञ्चालन गरिएको हो । फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफ लगायत करिव २० वटा प्रतियोगिता भएको आयोजकले जनाएको छ । जसमध्ये पुरुष फुटबल तर्फ एमवीवीएस ...
१२ वर्ष नपुग्दै आमा बनेकी बालिकाको अवस्था नाजुक

१२ वर्ष नपुग्दै आमा बनेकी बालिकाको अवस्था नाजुक

बुटवल, २८ फागुन । ‘म सुत्केरी भएको थाह पाउन साथ बाबा रिसाएर घर छाड्नु भयो । जम्मा डेढ कठ्ठा जमिन छ । खान पुग्दैन, सधै किनेर खाने हो । आमा संग पैसा छैन । लेवर काम गर्न जानु हुन्थ्यो । काँखमा एक बर्ष नपुगेकी बहिनी छ । मलाई ज्वरो आउने, रिङ्गाटा लाग्ने र सुनिने विरामले थला परेकी छु’– बर्दियामा १२ बर्ष उमेर नपुग्दै र बिवाह नहुँदै माईती मै सुत्केरी भएकी सविता नाम परिवर्तनले भनिन–‘मैले स्यार सुसार पाईन...
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो

इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो

काठमाडौँ, २८ फागुन । चन्द्रागिरी नगरपालिका–१२ मा इनार खन्ने क्रममा पुरिएका राम माझीको २६ घण्टापछि शव निकालिएको छ । आइतबार साँझ घरको इनार खन्ने क्रममा माटोको ढिस्को भत्किएर पुरिएका सिन्धुलीका ३५ वर्षीय माझीको सोमबार राति मृत अवस्थामा निकाल्न सकिएको हो । आइतबार इनारको रिङ हाल्ने क्रममा माटोको ढिस्को खसेर पुरिएका माझीको सोमबार रातिमात्र मृत अवस्थामा उद्दार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प...
प्रदेश १ को नाममा ‘किरात’ जोड्ने मुख्यमन्त्रीको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

प्रदेश १ को नाममा ‘किरात’ जोड्ने मुख्यमन्त्रीको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

विराटनगर, २८ फागुन । प्रदेश १ को नामकरण गर्दा ‘किरात’ पहिचान जोड्ने मुख्यमन्त्री शेरधन राईको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। प्रधानमन्त्री ओलीले ‘विवाद नहुने उपाय खोज्न’ निर्देशन दिएपछि मुख्यमन्त्री राईले नाम र राजधानीबारे संसदीय दलमा गृहकार्य थालेका छन्। प्रदेश संसद्को जारी हिउँदे अधिवेशनबाट नाम र राजधानीको मुद्दा टुंग्याउने तयारीमा रहेको प्रदेश सरकार सुरुदेखि नै यी...
जिनेदिन जिदान रियल मड्रिडकाे प्रशिक्षकमा पुनः नियुक्त

जिनेदिन जिदान रियल मड्रिडकाे प्रशिक्षकमा पुनः नियुक्त

एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिडले जिनेदिन जिदानलाई पुनः प्रशिक्षकमा नियुक्त गरेको छ । रियल मड्रिडले सान्टियागो सोलारीलाई बर्खास्त गर्दै पूर्व प्रशिक्षक जिदानलाई क्लबमा भित्र्याएको हो । पूर्व जिम्मेवारीमा फर्किएका जिदानले घर फर्किदा खुशी भएको प्रतिक्रिया दिएका छन । सोमबार बसेको रियल मड्रिडको बोर्ड अफ् डाइरेक्टर्सको बैठकले जिदानलाई सन् २०२२ जुनसम्मका लागि प्रशिक्षक नियुक्त गरेको हो । क्...
पाँचौँ साफ महिला च्याम्पियनसिप आजबाट विराटनगरमा सुरु हुँदै

पाँचौँ साफ महिला च्याम्पियनसिप आजबाट विराटनगरमा सुरु हुँदै

काठमाडौं, २८ फागुन । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट विराटनगरमा सुरु हुँदै छ । दक्षिण एसियाली राष्ट्रका महिला फुटबल टाेलीबीचको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा रहेकाे पाँचाै साफ महिला च्याम्पियनसिप सुरु हुन लागेकाे हाे । याे खेल नेपालमा पहिलोपटक काठमाडौं भन्दा बाहिर विराटनगरमा हुँदै छ । सार्कका आठ मुलुकमध्ये याे प्रतियोगितामा भने नेपालसहित ६ देशले मात्र सहभागिता जनाएका छ...
पुख्र्यौली आरन चलाउने  सीपको व्यावसायीकरण

पुख्र्यौली आरन चलाउने सीपको व्यावसायीकरण

बागलुङ, २८ फागुन । पुख्र्यौली आरन चलाउने सीपलाई कालिगड मनबहादुर सिर्पालीले व्यावसायिक बनाउनुभएको छ । ढोरपाटन नगरपालिका–२ का ३९ वर्षीय सिर्पालीले आरन पेशाबाट मासिक रु एक लाख बढी कमाउनुहुन्छ । सात वर्षअघि सिर्पालीले खोलेको ‘बुर्तिबाङ आरन व्यवसाय सेवा’ मा छ कालिगडले रोजगारी पाएका छन् । पुख्र्यौली पेशालाई उद्यमको रूपमा विकास गर्ने लक्ष्य रहेको सिर्पाली बताउनुहुन्छ । “नयाँपुस्ताले आरन पेशा अँगाल्न छ...
ओखलढुंगामा बिस्कुट दिलाउने भन्दै शिक्षकले नै शिशु कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाए

ओखलढुंगामा बिस्कुट दिलाउने भन्दै शिक्षकले नै शिशु कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाए

ओखलढुंगा । ओखलढुंगाको जिजिदेम्बा गाउँपालिका ४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाएका छन्। अर्को बालकले खाइरहेको बिस्कुट दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएका हुन्। आइतबार दिउँसोको यो घटना रिकेश र आकाशले घर गएर अभिभावकलाई भनेपछि बाहिरिएको हो। शिक...
स्वतन्त्र मधेसको मुद्दा राष्ट्र संघसम्म पुर्‍याउन सक्ने आधार भेटियो,अन्तर्राष्ट्रिय मान्यताको खोजीमा राउत समूह

स्वतन्त्र मधेसको मुद्दा राष्ट्र संघसम्म पुर्‍याउन सक्ने आधार भेटियो,अन्तर्राष्ट्रिय मान्यताको खोजीमा राउत समूह

काठमाडौं । सिके राउतले स्वतन्त्र मधेसका लागि जनमत संग्रहको मुद्दा संयुक्त राष्ट्र संघसम्म पुर्‍याउन सक्ने आधार भेटिएको छ । राउत समूहले अन्तर्राष्ट्रिय मान्यताको खोजी थालिसकेको यूएनपीओको सदस्यताले देखाएको छ । मधेसको स्टाटसमा ताइवान, तिब्बत र क्याटालोनियाको जस्तै उल्लेख गराएर सिके राउतले मधेसलाई यूएनपीओमा दर्ता गराएको भेटिएको छ । मधेस २६ औं सदस्यका रुपमा दर्ता समेत भएको छ । मधेसलाई नेपालको औपनिव...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बेत्रावती, २८ फागुन । नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । देवीघाटबाट घरतर्फ जाँदै गरेको समयमा मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नपा–९ लामाटारका १७ वर्षका विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका विनोदको उपचारको क्र...
ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

सल्यान, २८ फागुन । सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शारदा नगरपालिका–२ श्रीनगरबाट लानीतबजार जाँदै गरेको रा१त ११५१ नंको ट्र्याक्टर सोमबार राति दुर्घटना भएको हो । दुर्घटनामा परी ट्र्याक्टर चालक शारदा नगरपालिका–१२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र शारदा नगरपालिका–१ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ट्र्याक्टर...
धनकुटामा जापान सरकारले अक्सिजन उत्पादन तथा वितरण प्रणाली उपलब्ध गराउने

धनकुटामा जापान सरकारले अक्सिजन उत्पादन तथा वितरण प्रणाली उपलब्ध गराउने

धनकुटा, २८ फागुन । जापान सरकारले जिल्ला अस्पताल धनकुटामा आकस्मिक उपचार सेवाका लागि अत्यावश्यक अक्सिजन उत्पादन तथा वितरण प्रणाली उपलब्ध गराउने भएको छ । जापान सरकारले अस्पतालको आकस्मिक कक्ष, सल्यक्रिया र अन्तरंग विभागमा सोझौ अक्सिजन पुर्याउन सकिने ‘अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’ जडान गराउने भएको हो । ‘अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’ जडान सम्बन्धि संझौतामा हिजो जापानी राजद...
झापा गोल्डकपको उपाधि आर्मीलाई

झापा गोल्डकपको उपाधि आर्मीलाई

भद्रपुर, २८ फागुन । झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लबले विजयी भएसँगै नगद रु १२ लाख ५५ हजारसहित ट्रफी हात पारेको छ । चौथो झापा गोल्डकपको हिजो सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो । यही फागुन १८ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सम्पन्न खेलमा उपविजेता बनेको झापाले नगद रु छ लाख पाँच हजारमा चित्त बुझाउनुपर्याे । आर्मीले जी...
झापाको कचनकवल–२ पाठामारीमा आगलागीबाट छजना घाइते

झापाको कचनकवल–२ पाठामारीमा आगलागीबाट छजना घाइते

भद्रपुर, २८ फागुन । झापाको कचनकवल–२ पाठामारीमा हिजो साँझ भान्सामा खाना पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगगाली हुँदा एउटै परिवारका छजना जलेर घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीया भारतीदेवी यादव, २९ वर्षीया चन्द्रकुमारी यादव, ७ वर्षीय आयुष यादव, ८ वर्षीया नियाकुमारी यादव, २९ वर्षीय शिवकुमार यादव र १८ वर्षीया चाँदनी यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन...
श्रमिक र रोजगारदाताको तनाब अन्त्यका लागि सामाजिक सुरक्षा योजना : मन्त्री विष्ट

श्रमिक र रोजगारदाताको तनाब अन्त्यका लागि सामाजिक सुरक्षा योजना : मन्त्री विष्ट

रुपन्देही, २७ फागुन । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले श्रमिक र रोजगारदाताको तनाव अन्त्यका लागि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको बताउनुभएको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा कोष र रुपन्देही उद्योग सङ्घद्वारा आज रुपन्देहीको नयाँ मिलमा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले योजनाले रो...
error: Content is protected !!