दुई महीनामै दुई लाखभन्दा बढी पर्यटक भित्रिए
काठमाडौँ, २७ फागुन । सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका हुन् ।
फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा ३३ प्रतिशतले बढी हो ।
सन् २०१८ को दुई महीनामा एक लाख ६३ हजार ६९४ पर्यटकले नेप...































