सामाजिक विकास मन्त्री घिमिरेले जिते कोरोना
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पीसीआर परीक्षण गर्दा मन्त्री घिमिरेको रिपोर्ट नेगेटिभ आएको हो ।
कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि घिमिरे संक्रमणमुक्त भएका हुन् ।
मन्त्री घिमिरेलाई गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि घिमिरे होम आईसोलेसनमा बसेका थिए । यसअ...




























