- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापाको कमल गाउँपालिकामा गएराती एक युवाले बन्चरो प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन् । कमल गाउँपालिका–७ ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले आमा ५० वर्षीया मिराको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका दिनेश र आमाबीच राती करिब ८ बजे झगडा भएको थियो । सोही क्रममा दिनेशले बन्चरो र ढुंगा प्रहार गरेर आमाको हत्या गरेका हुन् ।

Advertisement

दिनेशको आक्रमणबाट आमाको टाउको र खुट्टामा चोट लागेको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि दिनेशलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!