- संगालोखबर सम्बाददाता

काठमाडौं । असोज ५ गतेबाट अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुल्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुलाउँने निर्णय गरेको हो ।

Advertisement

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार मन्त्रीपरिषद्ले यस्तो निर्णय गरेको हो ।

अन्तरजिल्ला यातायात र अन्तरिक हवाई उडान गत चैत १० गतेबाट बन्द भएको थियो । सरकारले झण्डै ६ महिना पछि अन्तरजिल्ला यातायात र अन्तरिक हवाई उडान खोल्न लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!