संगालोखबर सम्बाददाता

काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आज बिहान ६ रेक्टर स्केलको भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बिहान ५ः१९ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो ।

Advertisement

राजधानीसहित देशका बिभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पले हल्लाएपछि काठमाडौंमा मानिसहरु घर बाहिर निश्किएका थिए । भूकम्पबाट कुनै क्षति पुगेको विवरण भने प्राप्त भएको छैन । तर, भूकम्पका कारण पहिरोको जोखिम झन बढेको भन्दै सिन्धुपाल्चोकका सर्वसाधरण चिन्तित बनेका छन् ।

केही दिनअघि पनि झापाको सिमावर्ती क्षेत्रलाई केन्द्र बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!