- संगालोखबर सम्बाददाता

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएका मध्ये २० जना निको भएका छन् । हालसम्म बेलबारीका ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisement

जसमध्ये २० जना निको भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिए । बेलबारीका एक जना संक्रमितको मृत्यु भएको छ । बाँकी ११ जनाको उपचार भइरहेको छ ।

यसैबीच आइतवार बेलबारी नगरपालिकाका २३ जनाको स्वाब संकलन गरिएको छ ।

आइसोलेसनमा बसेका ७ जना, होलडिङ एरियामा रहेका १२ जना तथा कन्ट्रयाक टेसिङका आधारमा ४ जनाको स्वाब संकलन गरी पीसीआर परिक्षणका लागि पठाईएको बेलबारी नगरपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!