- संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ लाई आगामी ५ बर्षभित्र बालविवाहमुक्त बनाईने भएको छ । सन् २०२५ भित्रमा बालविवाहमुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

Advertisement

आज राष्ट्रिय बालदिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन सार्वजनिक गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । सामाजिक संघ संस्था, सरोकारवाला व्यक्तिहरु लगायत सवैपक्षको सहभागितामा बालविवाहमुक्त प्रदेश निर्माण गरिने मुख्यमन्त्री राईले बताए ।

कार्यक्रममा भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले बालबालिकाको अवस्था पहिलेको तुलनामा सुधार भएको दावी गरे । बालविवाह र बालश्रममा सुधार हुन नसक्नु दुखद भएको राज्यमन्त्री रानाले बताए ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सडकमा बालबालिका बस्नुपर्ने अवस्थाको अन्त्य गरिने धारणा राखिन् । सडक बालबालिकालाई उद्धार गर्ने काम भईरहेको भन्दै राज्यमन्त्री गजमेरले हालसम्म प्रदेश १ मा ५३ जना सडक बालबालिकाको उद्धार भएको जानकारी दिईन् ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार प्रदेश १ मा ५१ दशमलव ८ प्रतिशत बालिका र २१ दशमलव ७ प्रतिशत बालकहरुको २० वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको छ । प्रदेश १ मा ३७ दशमलव ४ प्रतिशत बालबालिका श्रममा रहेको तथ्यांक छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!