- संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा सोमबार ८२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा २ र उदयपुरमा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको कटहरीमा २ महिला १३ पुरुष, विराटनगरमा १ महिला १३ पुरुष, बुढीगंगामा ५ महिला ८ पुरुष, ग्रामथानमा २ महिला ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलका २ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

त्यस्तै, सुनसरीको इनरुवामा १ महिला १३ पुरुष, धरानमा २ महिला २ पुरुष, इटहरीमा २, भोक्राहानरसिंहमा २, दुहवीमा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ । यता, झापाको कमल गाउँपालिकामा १ महिला १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष संक्रमित भएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय २९ पुगेको छ । जसमध्ये २ हजार ७८ जना निको भएका छन् ।

यसैबीच, प्रदेश १ मा सोमबार १५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना र न्युरो अस्पताल विराटनगरबाट ७ जना डिस्चार्ज भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!