संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा आईतबार ४४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४१ तथा खोटाङ, उदयपुर र झापामा १/१ कोरोना संक्रमित थपिएका हुन् ।

Advertisement

मन्त्रालयका अनुसार विराटनगरका ३८ जनामा संक्रमण देखिएको छ । १८ महिला र २० पुरुषको रिपोर्ट पाजिटिभ आएको हो । मोरङको धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुष संक्रमित भएका छन् । खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र झापाको शिवसताक्षीमा १ महिला संक्रमित थपिएका छन् ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ४२ पुगेको छ । जसमध्ये २ हजार ६३ जना निको भएका छन् ।
आईतबार पनि प्रदेश १ का ७ जना डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!