उदयपुरमा महिलाको हत्या

उदयपुरमा महिलाको हत्या

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ लखथुम्कामा एक महिलाको हत्या भएको छ । स्थानीय ४२ बर्षीया डोरकुमारी राउतको गएराती हत्या भएको हो । हत्या आरोपमा स्थानीय २५ बर्षीय रोशन मगरलाई प्रहरीले शनिवार बिहान पक्राउ गरेको छ । नशामा रहेका मगरले राउतलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ । लागुऔषध सेवन गरेका मगरले राउतलाई खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन् । हत्याको कारण भने खुलेको छैन । खुकुरी प्रह...
प्रदेश १ मा थप ३ कोरोना संक्रमितको मृत्यु, ७७ संक्रमित थपिए, ५६ डिस्चार्ज

प्रदेश १ मा थप ३ कोरोना संक्रमितको मृत्यु, ७७ संक्रमित थपिए, ५६ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । यसैबीच प्रदेश १ मा शनिवार ७७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जना ...
पाँचथरमा १४ बर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा स्कूलका प्रिन्सिपल पक्राउ

पाँचथरमा १४ बर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा स्कूलका प्रिन्सिपल पक्राउ

ताप्लेजुङ । छात्रालाई बलात्कार गरेको आरोपमा पाँचथरको फिदिम नगरपालिकास्थित निलकण्ठ भोकेसनल बोर्डिङ स्कुलका प्रिन्सिपल कुलराज सुब्बा पक्राउ परेका छन् । छात्राबासमा बस्ने आफ्नै स्कूलकी १४ बर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा प्रिन्सिपल सुब्बालाई प्रहरीले पक्राउ गरेको हो । पीडित छात्राले आफुमाथि प्रिन्सिपल सुब्बाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । उजुरीमा गृहक...
कोशी अस्पताललाई निजी क्षेत्रबाट पुनः अर्को पीसीआर मेसिन प्रदान

कोशी अस्पताललाई निजी क्षेत्रबाट पुनः अर्को पीसीआर मेसिन प्रदान

बिराटनगर । कोरोना संक्रमण बढिरहेका बेला बिराटनगरस्थित कोशी अस्पताललाई निजी क्षेत्र एवं नागरिक स्तरबाट पुनः अर्को पीसीआर मेसिन प्रदान गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच आए.एन.ए.एक्स्ट्राक्सन मेसिन कोशी अस्पताललाई हस्तान्तरण गरिएको हो । निजी क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका बिशेष सल्लाहकार सुनिल टिवडेवाल र नागरिक समाजका तर्फबाट अरुण न्यौपाने लगायतले ...
धरानमा कोरोना संक्रमित कैदीको मृत्यु

धरानमा कोरोना संक्रमित कैदीको मृत्यु

धरान । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार साँझ एक कोरोना संक्रमित कैदीको मृत्यु भएको छ । सुनसरीको रामधुनी–५ झुम्काका ४३ बर्षीय कोरोना संक्रमित पुरुष कैदीको साँझ करिव साढे चार बजे मृत्यु भएको हो । एक वर्ष अघिदेखि झुम्का कारागारमा रहेका ती पुरुषलाई दश दिनदेखि ज्वरो आएको र दुई दिनदेखि खोकी लाग्ने र श्वासप्रस्वासमा समस्या देखिएको थियो । जिल्ला अस्पताल ईनरुवाले रेफर गरेर ...
भक्तपुरमा एकै परिवारका तीन जना मृत भेटिए

भक्तपुरमा एकै परिवारका तीन जना मृत भेटिए

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । मध्यपुर थिमि–९ निकोसेरामा बाबु–आमा र छोरा घरमै मृत भेटिएका हुन् । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्त मृत फेला परेको महानगरीय प्रहरी वृत्तले जनाएको छ । प्रहरीका अनुसार घरको दोश्रो तल्लामा सम्झना र कुकुर मृत भेटिएका छन् । तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा छोरा सुदि...
मालपोत कार्यालय मोरङमा घरजग्गा व्यवसायीको धर्ना, कित्ताकाट तत्काल सुरु गर्न माग

मालपोत कार्यालय मोरङमा घरजग्गा व्यवसायीको धर्ना, कित्ताकाट तत्काल सुरु गर्न माग

विराटनगर । घरजग्गा कारोवार व्यवसायीहरुले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय मोरङमा एक घण्टा धर्ना दिएका छन् । सरकारले कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरुले मालपोत कार्यालयमा धर्ना दिएर कार्यालयको काम बन्द गराएका हुन् । घरजग्गा कारोवार व्यवसायी संघ मोरङको अगुवाईमा मालपोत कार्यालय गएर बिहान ११ देखि १२ बजेसम्म कार्यालयमा धर्ना दिईएको संघका अध्यक्ष घनश्याम प...
प्रदेश १ मा थपिए १ सय १९ कोरोना संक्रमित, ६६ जना डिस्चार्ज

प्रदेश १ मा थपिए १ सय १९ कोरोना संक्रमित, ६६ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२ र उदयपुरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरका थप ३२ जनामा संक्रमण देखिएको छ । १२ महिला र २० पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको धनपालथानमा १ महिला ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महि...
चिकित्सकलाई सम्पर्कमा आउन सरकारको आग्रह

चिकित्सकलाई सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्पर्क आउन आग्रह गरेको छ । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डा. पवनजङ्ग रायमाझीले त्यस्ता संस्था र त्यहाँ छात्रवृत्तिमा अध्ययन चिकित्सकलाई पाँच दिनभित्र मन्त्रालयमा सम्पर्क राख्नु अनुरोध...
उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । चौदण्डीगडी नगरपालिका-५ की ६१ बर्षीया सिलमन्ती चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । बिहान करिव ८ बजे पानी तान्ने मोटर चलाउने क्रममा उक्त मोटरमा जडान गरिएको तारबाट करेन्ट लाग्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
झापालाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

झापालाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

झापा । झापाको बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । बाहुनडाँगीस्थित नेपाल भारत सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहान ९ः३० बजे ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पूर्वी नेपालका अधिकांस जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन ।
मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजिटिभ

मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजिटिभ

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुनः पोजिटिभ आएको छ । कोरोनाको लक्षण देखिएको दुईसातापछि गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुनः पोजिटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाको लक्षणहरु हराउँदै गएकाले पुनः परीक्षण गरिएको थियो । मन्त्री घिमिरेलाई रुघाखोकी, जिउदुख्ने लक्षणबाहेक डाईरिया, टाउको दुख्ने, ज्...
प्रदेश १ का थप ८४ जनामा कोरोना संक्रमण

प्रदेश १ का थप ८४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा बिहिबार थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ८ जिल्लाका २३ महिला र ६३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुँनेमा सुनसरीका २३, संखुवासभाका २२, मोरङका १६, झापाका १२, पाँचथरका ४, भोजपुरका ३ तथा उदयपुर र इलाममा दुई/दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ८ महिला ६ पुरुष, दुहवीमा १ ...
प्रदेश १ सरकारले पालिका, अस्पताल र प्रशासनलाई दियो एक करोड १० लाख

प्रदेश १ सरकारले पालिका, अस्पताल र प्रशासनलाई दियो एक करोड १० लाख

विराटनगर । प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउन पालिका, जिल्ला अस्पताल र प्रशासन कार्यालयलाई थप रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनका लागि प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषबाट एक करोड १० लाख रकम पठाईएको हो । मोरङको सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिकालाई १०/१० लाख, धनपालथान गाउँपालिका, जहदा र कटहरी गाउँपालिकालाई ५/५ लाखका दरले आइसोलेसन क...
धनकुटामा चार जनाबाट बलात्कृत १४ बर्षीया बालिकाले जन्माईन् बच्चा, बाबु छुट्याउँन मुस्किल

धनकुटामा चार जनाबाट बलात्कृत १४ बर्षीया बालिकाले जन्माईन् बच्चा, बाबु छुट्याउँन मुस्किल

धनकुटा । चार जनाबाट पटक–पटक यौन शोषणमा परेर गर्भवती भएकी धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकाले बच्चा जन्माएकी छन् । यौनशोषणको घटना सार्वजनिक भएपछि महिला पुनः स्थापना सेवा केन्द्रको संरक्षणमा रहेकी बालिकाले अबैध गर्भबाट छोरी जन्माएकी हुन् । ४ महिना अघिदेखि पुनःस्थापना सेवा केन्द्रमा रहेकी बालिकालाई सुत्केरी वेथा लागेपछि आईतवार जिल्ला अस्पताल लगिएको थियो । तर, पेटमा बच्चा उल्टो रहेकाले जिल्...
नेपाली किशोरीलाई भारत लैजाँदै गर्दा ६ जना पक्राउ

नेपाली किशोरीलाई भारत लैजाँदै गर्दा ६ जना पक्राउ

रौतहट । एक नेपाली किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो। बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा  एक किशोरीसहित सात जना भारततर्फ गइरहेका अवस्थामा श...
भोजपुरमा भाउजुको हत्या आरोपमा देवर पक्राउ

भोजपुरमा भाउजुको हत्या आरोपमा देवर पक्राउ

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा भाउजुको हत्या आरोपमा देवर पक्राउ परेका छन् । भाउजुलाई कुटपिट गरी हत्या गरेको आरोपमा टेम्केमैयुङ–५ खावाका ३५ वर्षीय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुनेगरी कुटपिट गरेर हत्या गरेको आरोप छ । घटना भदौ २२ गते रातीको हो । प्रहरीका अनुसार घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेर डिलबाट हुत्या...
नेपालसँग सम्बन्ध सुधार्न खोज्दै भारत

नेपालसँग सम्बन्ध सुधार्न खोज्दै भारत

काठमाडौं । भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको दिशातर्फ उन्मुख भएको छ । लामो समय तनावपूर्ण रहेको सम्बन्ध भारतको स्वतन्त्रता दिवसको अवसर पारेर १५ अगस्टमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएसँगै संवादहीनता तोडिएको थियो । सीमाको विषयलाई...
प्रदेश १ मा थपिए १ सय ५४ कोरोना संक्रमित

प्रदेश १ मा थपिए १ सय ५४ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज १ सय ५४ कोरोना संक्रमित थपिएका छन् । १ हजार ३ सय ७० जनाको पीसीआर परीक्षण गर्दा प्रदेश १ का ६३ महिला र ९२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङका ८०, सुनसरीका ६०, भोजपुरका ५, धनकुटाका ४, झापाका ३ तथा ताप्लेजुङ र उदयपुरमा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज विराटनगरका ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखि...
६ सय ४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन

६ सय ४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६ सय ४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । कोभिड–१९ सङ्क्रमणका बिरामी राख्न श्ययाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले...
झापामा खोलाले बगाउँदा बालकको मृत्यु

झापामा खोलाले बगाउँदा बालकको मृत्यु

झापा । झापामा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । कनकाई नगरपालिका ९ मा रहेको बिरिङ खोलाले बगाउदा घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साहको मृत्यु भएको हो । दिउँसो भैंसीलाई पानी खुवाउन खोलामा लगेका बेला उनलाई खोलाले बगाएको थियो । स्थानीयले खोलाबाट उद्धार गरी उपचारका लागि लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
धनकुटाका थप १४ जना कोरोनामुक्त, निको हुँनेको संख्या ३४ पुग्यो

धनकुटाका थप १४ जना कोरोनामुक्त, निको हुँनेको संख्या ३४ पुग्यो

धनकुटा । धनकुटाका थप १४ जना कोरोना संक्रमित निको भएर आज डिस्चार्ज भएका छन् । सदरमुकामको औद्योगिक ग्राममा निर्माण गरिएको आईसोलेशनमा उपचाररत १४ जना संक्रमित पुरुष निको भएर डिस्चार्ज भएका हुन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत आठ जना प्रहरी, टेलिकममा कार्यरत चार जना, धनकुटा बजारका एक व्यापारी र एनआईसी एसिया बैंकमा कार्यरत एक कर्मचारी कोरोनामुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुराग...
सन्दीप लामिछाने आवद्ध जमैका सेमिफाइनलबाटै बाहिरियो

सन्दीप लामिछाने आवद्ध जमैका सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं । सन्दीप लामिछाने आवद्ध जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि  ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई नौ विकेटले पराजित गरी फाइनलका लागि स्थान बनाएको हो । समूह चरणका १० वटै खेल जितेर शीर्ष स्थान बनाएको नाइट रा...
धनकुटाका थप तीन जनामा कोरोना संक्रमण

धनकुटाका थप तीन जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा चौबिसे गाउँपालिका–७ मौनाबुधुकका दुई पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुँनेमा २२ बर्षीया महिला, २३ बर्षीय पुरुष र ४० बर्षीय पुरुष छन् । उनीहरु तीनै जना आफन्त हुन् । आफन्तको उपचारका लागि बिराटनगरको एक अस्पतालमा करिब १७ दिन बसे...
कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट बच्न विज्ञको सुझाव

कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट बच्न विज्ञको सुझाव

चितवन । कोरोनाको  सङ्क्रमण बढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन् । कोरोना सङ्क्रमणका कारण मन आत्तिने, डिप्रेसन (अवसाद) जस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन् । चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाइँका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि मुटु ढुकढुक गर्ने, डर लाग्ने, निसास्...
प्रदेश १ मा थपिए ७९ कोरोना संक्रमित, १६ जना डिस्चार्ज

प्रदेश १ मा थपिए ७९ कोरोना संक्रमित, १६ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज ७९ कोरोना संक्रमित थपिएका छन् । १ हजार ६ सय १५ जनाको पीसीआर परीक्षण गर्दा ६ जिल्लाका ३६ महिला र ४४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सुनसरीका ३७, मोरङका २२, झापाका १६, ओखलढुङ्गाका २ तथा इलाम र उदयपुरका एक/एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला ८ पुरुष, दुहवीमा ४ महिला ८ पुरुष, कोशी गाउँपालिका...
बिराटमा कोरोना संक्रमितको उपचार निःशुल्क

बिराटमा कोरोना संक्रमितको उपचार निःशुल्क

बिराटनगर । मोरङको टंकिसिनवारीस्थित बिराट मेडिकल कलेजमा कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरिएको छ । निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुमध्ये प्रदेश नं. १ मै पहिलो पटक बिराटले कोरोना संक्रमितको निःशुल्क उपचार थालेको हो । स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेर कोरोना संक्रमितको उपचार निःशुल्क गर्न थालिएको बिराट मेडिकल कलेजका उपाध्यक्ष डेनिस कार्कीले बताए । ‘निजी क्षेत्रबाट प्रदेश नं. १ मै पहिलो ...
केही दिन वर्षाको क्रम बढ्ने, सावधानी अपनाउन अनुरोध

केही दिन वर्षाको क्रम बढ्ने, सावधानी अपनाउन अनुरोध

काठमाडौं । आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ । मौसमविद् शान्ति कँडेलले आजदेखि तीन दिन नै मौसम बदली भई ठाउँठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिइन् । उनका अ...
मन्दिरबाट मुर्ती चोर्ने पक्राउ

मन्दिरबाट मुर्ती चोर्ने पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड–८ चागेस्थानमा रहेको चागेस्थान मन्दिरको मुर्ती चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर छन् । आईतबार दिउँसो करिब साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएको थियो । खोजी गर्दा हराएको मुर्ती नभेटिएपछि मन्दिर व्यवस्थापन समितिले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा खबर गरेका थिए । त्यसपश्चात अनुसन्धान थालेक...
‘म्याच फिक्सिङ’ राज्यविरुद्ध कसुर नहुने

‘म्याच फिक्सिङ’ राज्यविरुद्ध कसुर नहुने

काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रका तर्फबाट प्रतिनिधित्व हुने खेल मिलेमतोलाई राष्ट्रिय लज्जा र स्वाभिमान विपरीतको कार्य हुने भए पनि राष्ट्र विप्लवको कसुर नहुने व्याख्या गरेको छ । अदालतले राज्य विप्लवमा नियतपूर्वक राज्यको सार्वभौमसत्ता, अखण्डता तथा राष्ट्रिय एकतामा अव्यवस्था सिर्जना हुनुपर्ने फैसलामा उल्लेख गरेको छ । खेल मिलेमतोलाई राज्य विप्लव नमाने पनि अदालतले राष्ट्रको शिर निहुर्याउने लज्जाक...
मल कारबाही प्रकरण: ठेक्का रद्ध भए पनि कालोसूचीमा राख्न अलमल

मल कारबाही प्रकरण: ठेक्का रद्ध भए पनि कालोसूचीमा राख्न अलमल

काठमाडौं । सरकारले समयमै मल ल्याउन नसकेका दुई कम्पनीको ठेक्का सम्झौता रद्ध गरे पनि कालोसूचीमा नराख्न भरपुर पहल भइरहेको पाइएको छ । कृषि सामग्री कम्पनीले कारबाही गर्दा नै ती कम्पनीलाई कानुनअनुसार कालोसूचीमा राख्ने प्रक्रिया थालिने बताएको थियो । कानुनअनुसार कालोसूचीमा राखिएका कम्पनीले भविष्यमा कुनै पनि काम गर्न सक्दैनन् । त्यसैले कम्पनी सञ्चालकहरू प्रक्रिया लम्बाएर कालोसूचीमा राख्नका लागि रोक्ने ख...
error: Content is protected !!