- संगालोखबर सम्बाददाता

बिराटनगर । आज विश्वकर्मा पूजा । असोज महिनाको १ गते अर्थात कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन, अध्ययनका विद्वान विश्वकर्मा बाबाको पूजाका रुपमा मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्विहरू विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्छन् ।

बिशेष गरी आज कलकारखाना रंगीचंगी पारी पूजा गरिन्छ । फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने जनबिश्वास छ । बर्ष भरी कुनै अप्रिय घटना नहोस् भनी मेसिन तथा औजारहरुको पूजा गर्ने गरिन्छ । ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल, धातूका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरु सजिसजाउ गरी विश्वकर्मा पूजा गर्ने प्रचलन छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा गर्ने प्रचलन छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!