चौबिसे १ को वडाध्यक्षमा काँग्रेसका श्रेष्ठ बिजयी

चौबिसे १ को वडाध्यक्षमा काँग्रेसका श्रेष्ठ बिजयी

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका १ को वडाध्यक्षमा नेपाली काँग्रेसका देवेन्द्र श्रेष्ठ बिजयी भएका छन् । गठबन्धनका तर्फबाट उमेदवार बनेका श्रेष्ठले ५२७ मतसहित वडाध्यक्षमा बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका श्रीकृष्ण श्रेष्ठले ४८६ मत ल्याएका छन् । नेपाली काँग्रेसका देवेन्द्रले ४१ मतान्तरले एमालेका श्रीकृष्णलाई पछि पारेका हुन् ।
पाख्रीवासमा पनि सुरु भयो मतगणना

पाख्रीवासमा पनि सुरु भयो मतगणना

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा पनि स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो करिब १२ बजेबाट मतगणना थालिएको हो । स्थानीय तहका जनप्रतिनिधि चुन्नका लागि शुक्रबार मतदान भएको थियो । पाख्रीवास नगरपालिकामा १७ हजार ८७ मतदाता छन् । जसमध्ये ५ हजार ५ सय ९ पुरुष र ५ हजार ७ सय ८५ महिला गरी कुल ११ हजार २ सय ९४ जनाले मतदान गरेका छन् । कुल मतदाता संख्याको आधारमा ६६.१० प्रतिशत मत खसेको हो । ...
महालक्ष्मी नगरपालिकामा पनि सुरु भयो मतगणना

महालक्ष्मी नगरपालिकामा पनि सुरु भयो मतगणना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा पनि मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार आज बिहान करिब ११ः३० बजेबाट मतगणना थालिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए । यो समाचार तयार पार्दासम्म मत परिणाम सार्वजनिक गरिएको छैन । स्थानीय तहका जनप्रतिनिधि चुन्नका लागि शुक्रबार भएको मतदानमा महालक्ष्मीका १२ हजार ३ सय ३१ जनाले मतदान गरेका छन् । कुल १८ हजार ४ सय ६० मतदाता र...
चौबिसे गाउँपालिकाको अध्यक्षमा माओवादीको अग्रता, उपाध्यक्षमा एमाले अगाडि

चौबिसे गाउँपालिकाको अध्यक्षमा माओवादीको अग्रता, उपाध्यक्षमा एमाले अगाडि

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेद्वार बनेका माओवादी केन्द्रका दलबहादुर मगरले ३३४ मतसहित अग्रता लिएका हुन् । नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार राजकुमार चेम्जोङले ३१७ मत पाएका छन् । एमाले उम्मेद्वार चेम्जोङलाई १७ मतान्तरले पछि पार्दै माओवादी केन्द्रका मगरले अग्रता कायम राखेका हुन् । यता, उपाध्यक्...
धनकुटा नगर प्रमुखमा एमाले उम्मेदवार तामाङको सुरुवाती अग्रता

धनकुटा नगर प्रमुखमा एमाले उम्मेदवार तामाङको सुरुवाती अग्रता

धनकुटा । धनकुटा नगरपालिकाको प्रमुखमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । ४ सय मतगणना गर्दा एमालेका उम्मेदवार चिन्तन तामाङले २०७ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका दिनेश राईले १६९ मत ल्याएका छन् । शनिवार बिहान ८ः३० बजे पहिलो पटक मत परिणाम सार्वजनिक हुँदा एमाले उम्मेदवार तामाङले ३८ मतान्तरले अग्रता लिएका हुन् । त्यस्तै उपमेयरमा गठबन्धनको तर्फबाट उम्मेदव...
धनकुटा नगरपालिकामा तारजालीले घेरेर थालियो मतगणना, सीसीटीभीबाट निगरानी

धनकुटा नगरपालिकामा तारजालीले घेरेर थालियो मतगणना, सीसीटीभीबाट निगरानी

धनकुटा । धनकुटा नगरपालिकामा कडा सुरक्षा व्यवस्था मिलाएर मतगणना थालिएको छ । शुक्रबार भएको मतदान पश्चात राती करिब ३ बजेबाट मतगणना सुरु भएको हो । सर्वदलिय बैठकमा सहमति जुट्न समय लाग्दा मतगणनामा ढिलाई भएको हो । धनकुटा सदरमुकामको सामुदायिक भवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाकाबीच मतगणना भइरहेको छ । राजनीतिक दलका प्रतिनिधि बस्ने स्थान र मतगणना हुँने स्थानको बीचमा तार जाली लगाइएको ...
पाख्रीवासमा भोलि मतगणना गरिने

पाख्रीवासमा भोलि मतगणना गरिने

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा भोलि मतगणना गरिने भएको छ । आज साँझ सम्ममा सवै मतदान केन्द्रबाट मतपेटिका संकलन भएको छ । अब भोलि बिहान सर्वदलिय बैठक बसेर मतगणना गरिने नेकपा एमालेका पाख्रीवास नगर अध्यक्ष शान्तिराम गौतमले जानकारी दिए ।
पाख्रीवासमा मतदान गरेर फर्कदै गर्दा लडेर एक जनाको मृत्यु

पाख्रीवासमा मतदान गरेर फर्कदै गर्दा लडेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको पाख्रीवासमा स्थानीय तह निर्वाचनमा मतदान गरेर फर्कदै गर्दा लडेर आज साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा पाख्रीवास नगरपालिका ७ का ५५ बर्षीय गणेश बराल छन् । फलाटे र मुगाको सीमास्थित तीननुमाने नजिक साँझ करिब ६ बजे लडेर बरालको मृत्यु भएको बताइएको छ । सरस्वती आधारभूत मतदान केन्द्रमा मतदान गरे उनी घर फर्कदै थिए । सोही क्रममा लडेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीको ...
महालक्ष्मी नगरमा ६६ प्रतिशत मत खस्यो, मतगणनाका लागि सर्वदलिय बैठक बस्दै

महालक्ष्मी नगरमा ६६ प्रतिशत मत खस्यो, मतगणनाका लागि सर्वदलिय बैठक बस्दै

धनकुटा । स्थानीय तह निर्वाचनका लागि शुक्रबार भएको मतदानमा धनकुटाको महालक्ष्मी नगरपालिकामा ६६.८० प्रतिशत मत खसेको छ । कुल १८ हजार ४ सय ६० मतदाता रहेको महालक्ष्मी नगरमा १२ हजार ३ सय ३१ मत खसेको निर्वाचन अधिकृत लक्ष्मीदेवी होमागाईले जानकारी दिइन् । उनका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर महालक्ष्मी नगरको केन्द्र जितपुरमा ल्याइएको छ । यसैबीच, महालक्ष्मी नगरको मतगणनाका लागि अहिले सर्वदल...
धनकुटा नगरपालिकामा खस्यो ७१ प्रतिशत मत, आजै मतगणनाको तयारी

धनकुटा नगरपालिकामा खस्यो ७१ प्रतिशत मत, आजै मतगणनाको तयारी

धनकुटा । स्थानीय तह निर्वाचनका लागि शुक्रबार भएको मतदानमा धनकुटा नगरपालिकामा ७१.३८ प्रतिशत मत खसेको छ । कुल २२ हजार ९ सय ७१ मतदाता रहेको धनकुटा नगरमा १६ हजार ३ सय ९८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी दिवेश श्रेष्ठका अनुसार मतदान केन्द्रहरुबाट मत पेटिका संकलन गरेर आज रातीबाटै मतगणना थाल्ने तयारी भएको छ । धनकुटा सदरमुकामको सामुदायिक भवनस्थित मुख्य निर...
पाख्रीवासका १०४ बर्षीय बृद्धले गरे मतदान

पाख्रीवासका १०४ बर्षीय बृद्धले गरे मतदान

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–१० स्थित चुङ्गमाङका १०४ बर्षीय शेर बहादुर खत्रीले मतदान गरेका छन् । उनले स्थानीय भारती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । खत्रीले परिवारका सदस्यको सहयोगमा मतदान गरेका थिए ।
धनकुटामा क्रियापुत्री बसेका वडाध्यक्षका उम्मेदवारले गरे मतदान

धनकुटामा क्रियापुत्री बसेका वडाध्यक्षका उम्मेदवारले गरे मतदान

धनकुटा । धनकुटामा बुवाको मृत्यु भएपछि क्रियापुत्री बसेका वडाध्यक्षका उम्मेदवार विकास घिमिरेले मतदान गरेका छन् । बिहान करिव साढे १० बजे भाषा माध्यमिक विद्यालयको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । घिमिरे लोकतान्त्रिक गठबन्धनको तर्फबाट धनकुटा नगरपालिका–३ को वडाध्यक्षका उम्मेदवार हुन् । मतदान केन्द्रमा घिमिरेसँगै उनका दाजु विजयसहित परिवारका पाँच जना सदस्यले मतदान गरेका छन् । घिमिरे यसअघि पनि ध...
मोरङमा ११३ वर्षीया बृद्धाले गरिन् मतदान

मोरङमा ११३ वर्षीया बृद्धाले गरिन् मतदान

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ की ११३ वर्षीया महेश्वरा अधिकारीले मतदान गरेकी छन् । अधिकारीले पञ्चायत माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेकी हुन् । उनले परिवारका सदस्यको सहयोगमा मतदानस्थल पुगेर मतदान गरेकी हुन् । ७१ हजार ७५६ मतदाता रहेको सुन्दरहरैंचामा शान्तिपूर्वक वातावरणमा मतदान भइरहेको जनाइएको छ ।
धनकुटाको सहिदभूमि-६ मा विवादका कारण मतदान स्थगित

धनकुटाको सहिदभूमि-६ मा विवादका कारण मतदान स्थगित

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–६ स्थित ठाकुरदेवी माध्यमिक विद्यालय र ६ नंम्बर वडा कार्यालय मतदान स्थलका तीन वटै केन्द्रको मतदान प्रक्रिया स्थगित भएको छ । मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा मतदान स्थगित भएको हो । मतदान प्रक्रियाको विषयमा दुबै पक्षवीच भएको विवादले केही समयका लागि मतदान कार्य स्थगित गरिएको हो । भित्र मतदान कार्य शान्तिपूर्...
धनकुटाका १५९ वटै केन्द्रबाट सुरु भयो मतदान

धनकुटाका १५९ वटै केन्द्रबाट सुरु भयो मतदान

धनकुटा । स्थानीय तह निर्वाचनका लागि धनकुटाका १५९ वटै मतदान केन्द्रबाट मतदान सुरु भएको छ । जिल्लाका सात वटै पालिकामा रहेका सबै मतदान केन्द्रबाट बिहान ७ बजेदेखि मतदान थालिएको हो । सबै मतदान केन्द्रबाट शान्तिपूर्ण तरिकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत फणिन्द्र पराजुलीले जानकारी दिए । ‘धनकुटाका सबै मतदान केन्द्रबाट मतदान सुरु भयो,’ पराजुलीले संगालोखबरसँग भने, ‘जिल्लाभर शान्तिपूर्ण तरिकाले म...
देशभर सुरु भयो मतदान

देशभर सुरु भयो मतदान

धनकुटा । स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेबाट देशभर मतदान सुरु भएको छ । मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थलमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । देशभर ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । उनीहरुले ७५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी...
अब दिइने छैन भ्यु टावरलाई बजेट

अब दिइने छैन भ्यु टावरलाई बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा भ्यु टावरका बजेट कटौती गर्ने नीति लिएको छ । विकास निर्माणको नाममा छुट्याइएको बजेट भ्युटावर, स्वागतद्वार, सभाहलजस्ता क्षेत्रमा खर्च भएपछि सरकारले यसमा कडाइ गर्ने नीति लिएको हो । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्युटावर र सभा हल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको हो । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर...
धनकुटामा मतदातालाई पैसा बाँढेको भनेर गलत हल्ला फैलाइएको भन्दै एमालेले जनायो आपत्ति

धनकुटामा मतदातालाई पैसा बाँढेको भनेर गलत हल्ला फैलाइएको भन्दै एमालेले जनायो आपत्ति

धनकुटा । धनकुटामा मतदाता प्रभावित पार्न पैसा बाँढेको भनेर गठबन्धन सम्बद्ध दलका नेता कार्यकर्ताले गलत हल्ला फैलाएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेले बिहिबार प्रेस विज्ञप्ति जारी गरेर गलत हल्लाको भ्रममा नपर्न सर्वसाधरणलाई अपिल पनि गरेको हो । नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली, प्रदेश कमिटी सदस्य बलदीप राई, जिल्ला सदस्य दिवेश खड्का लगायतले छथर जोरपाटी गाउँपालिका वडा नं.५ म...
आजदेखि लगातार ६ दिन विद्यालय बन्द

आजदेखि लगातार ६ दिन विद्यालय बन्द

काठमाडौं । आजदेखि लगातार छ दिन विद्यालय बन्द हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिए पनि शनिबार, १ गते आइतबार तथा २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेकाले छ दिन विद्यालय तथा कार्यालय बन्द हुने भएको हो। निर्वाचनका लागि धेरैजसो सामुदायिक तथा निजी विद्यालयमा मत...
संखुवासभामा आठ घण्टा घरबाहिर ननिस्कन प्रशासनको निर्देशन

संखुवासभामा आठ घण्टा घरबाहिर ननिस्कन प्रशासनको निर्देशन

धनकुटा । जिल्ला प्रशासन कार्यालय संखुवासभाले आज राती ८ बजेदेखि आठ घण्टासम्म घरबाहिर ननिस्कन जिल्लाबासीलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन जिल्ला आचारसंहिता अनुगमन समितिको आज बसेको बैठकले राती ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घरबाहिर ननिस्कन सर्वसाधरणलाई आग्रह गर्ने निर्णय गरेको हो । भोलि हुँने स्थानीय तह निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सार्वसाधरणहरुलाई घरभित्रै रहन आग्रह गरिएको प्रशास...
धनकुटामा एमाले सांसद पक्राउ परेको हल्ला गलत हो: एसपी अधिकारी

धनकुटामा एमाले सांसद पक्राउ परेको हल्ला गलत हो: एसपी अधिकारी

धनकुटा । धनकुटामा नेकपा एमालेका प्रदेश सांसद इन्द्रमणी पराजुली पक्राउ परेको भनेर गलत हल्ला फैलाइएको छ । निर्वाचनको मौन अवधि चलिरहेका बेला केही अनलाइन मिडियादेखि सामाजिक सञ्जालमा प्रहरीले सांसद पराजुलीलाई पक्राउ गरेको भनेर गलत हल्ला फैलाइएको हो । सामाजिक सञ्जालमा गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी लगायत दलका नेता कार्यकर्ताले यो बिषयलाई सेयर गरिरहेका छन् । यो बिषयमा कुनै सत्यता नरहेको जिल्ला प्रहरी...
कानेपोखरीमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप

कानेपोखरीमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । बुधबार राती साढे १० बजे कानेपोखरी गाउँपालिका–२ दलेली बजार नजिकै दुई पक्षबीच झडप भएको हो । झडपमा युवासंघ मोरङका अध्यक्ष नवीन पौडेल घाइते भएका छन् । दुवै समूह मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजार नजिक रहेको विपन्न बस्ती पुगेको प्रहरी स्रोतले जनाएको छ । सोही क्रममा दुई समूहबीच जम्काभ...
८ दिनमा पाँच लाख बढीले छाडे काठमाडौं

८ दिनमा पाँच लाख बढीले छाडे काठमाडौं

काठमाडौं । भोलि शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा सहभागी हुन देशका सहरी क्षेत्रमा विभिन्न पेसा व्यवसायमा आबद्ध रहेकाहरू गाउँ फर्किएका छन् । जनतासँगै सिधै ठोक्किने गाउँको सिंहदरबारको नेतृत्व चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई महत्वका साथ हेरिएको छ । निर्वाचनमार्फत देशभरका ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयन हुँदै छ । स्थानीय तह निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट मात्...
महिलाको अपहरणपछि हत्या गरेको आरोपमा वडाध्यक्षका उम्मेदवारसहित तीन जना पक्राउ

महिलाको अपहरणपछि हत्या गरेको आरोपमा वडाध्यक्षका उम्मेदवारसहित तीन जना पक्राउ

रुकुम पूर्व । रुकुम पूर्वमा महिलाको हत्या गरेको आरोपमा वडाध्यक्ष, वडाध्यक्षका उम्मेदवारसहित तीन जना पक्राउ परेका छन् । पुथाउत्तरंगा गाउँपालिका–११ का वडाध्यक्ष जयकुमार बुढा, नेकपा माओवादी केन्द्रको तर्फका वडाध्यक्षका उम्मेदवार कुमार सिंह र अर्जुन बुढालाई प्रहरीले पक्राउ गरेको हो । ३९ वर्षीया दुथी भनिने जुनमाया बुढाको अपहरणपछि हत्या गरेको आरोपमा वैशाख २६ गते उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भ...
लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु, जिका र चिकनगुनियाको परीक्षण निःशुल्क

लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु, जिका र चिकनगुनियाको परीक्षण निःशुल्क

विराटनगर । लामखुट्टेको टोकाइबाट लाग्ने जिका, चिकनगुनिया र डेंगु भाइरसको परीक्षण सरकारले निःशुल्क गरिदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी तीन वटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले लक्षण देखिएमा निःशुल्क परीक्षण गरिने जानकारी दिएको हो । एक्कासी ज्वरो आउने, थकान महशुस हुने, टाउको मांसपेशी जोर्नी दुख्ने, अत्याधिक जोर्नी दुख्ने, विशेष गरी हात र खुट्टा दुख्ने, वाकवाकी लाग्ने वा बा...
मतदानस्थल वरपर राखिएका प्रचार सामग्री आजै हटाउनुपर्ने

मतदानस्थल वरपर राखिएका प्रचार सामग्री आजै हटाउनुपर्ने

विराटनगर । मतदानस्थल वरपर राखिएका उम्मेदवारहरूका प्रचार सामग्री हटाउन निर्वाचन आयोगले आग्रह गरेको छ । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका उम्मेदवारका प्रचारप्रसार सामग्री मौन अवधि सुरू हुनुभन्दा अगाडि नै हटाउन आयोगले आग्रह गरेको हो । निर्वाचन आचारसंहिता अनुसार मतदानस्थल वरपर चुनावी प्रचार प्रसारका सामग्री राख्न मिल्दैन । । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन...
आज रातिबाट सुरु हुँदै मौन अवधि : के गर्न पाइन्छ, के पाइदैन ?

आज रातिबाट सुरु हुँदै मौन अवधि : के गर्न पाइन्छ, के पाइदैन ?

काठमाडौं । बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुँदै छ । मौन अवधिमा चुनावको प्रचार गर्न निषेध गरिएको छ । मौन अवधिमा कुनै प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न रोक लगाइएको छ । मौन अवधिअघि नै मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसार सामग्री हटाइन्छ । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न न...
धनकुटामा मादक पदार्थ बिक्री र सेवन गर्न निषेध

धनकुटामा मादक पदार्थ बिक्री र सेवन गर्न निषेध

धनकुटा । स्थानीय तह निर्वाचनलाई लक्षित गरी धनकुटा जिल्लाभर मादक पदार्थ बिक्री र सेवन निषेध गर्न आग्रह गरिएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय धनकुटाले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । बैशाख २७ गते मंगलवार राती १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि जिल्लाभर मादक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवन गर्न निषेध गरिएको हो । बैशाख ३० गते हुने स्थानीय तह निर्...
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार त्रियुगा–१ का २० वर्षीय भुपेन्द्र चौधरी छन् । मोतिगडाबाट जोगिदहतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ४४६८ नम्बरको मोटरसाइकल आइतबार बेलुका साढे ८ बजे अनियन्त्रित भइ पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला ...
आफैँले पालेको राँगोले हान्दा बाबुको मृत्यु, छोरी घाइते

आफैँले पालेको राँगोले हान्दा बाबुको मृत्यु, छोरी घाइते

लमजुङ । सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगोले हान्दा मृत्यु भएको छ । राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार राँगोले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत ...
धनकुटामा ५६ बर्षीया महिलामाथि यौन दुर्व्यवहार

धनकुटामा ५६ बर्षीया महिलामाथि यौन दुर्व्यवहार

धनकुटा । धनकुटामा ५६ बर्षीया महिलामाथि यौन दुर्व्यवहारको घटना सार्वजनिक भएको छ । यौन दुर्व्यवहार आरोपमा महालक्ष्मी नगरपालिका–८ का भीमबहादुर मादेनलाई प्रहरीले पक्राउ गरेको छ । ४३ बर्षीय मादेनले गत मंगलबार अपरान्ह करिब ४ बजे महालक्ष्मीकी ती महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । आफुमाथि बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडितले शनिवार प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । उजुरीपछि मादेनलाई शनिवा...
error: Content is protected !!