- संगालोखबर सम्वाददाता

विराटनगर । मतदानस्थल वरपर राखिएका उम्मेदवारहरूका प्रचार सामग्री हटाउन निर्वाचन आयोगले आग्रह गरेको छ । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका उम्मेदवारका प्रचारप्रसार सामग्री मौन अवधि सुरू हुनुभन्दा अगाडि नै हटाउन आयोगले आग्रह गरेको हो ।

Advertisement

निर्वाचन आचारसंहिता अनुसार मतदानस्थल वरपर चुनावी प्रचार प्रसारका सामग्री राख्न मिल्दैन । । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ ।

मौन अवधिभर निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, सभा नगर्न पनि आयोगले आग्रह गरेको छ । सामाजिक सञ्जालबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न नपाइने पनि आयोगले बताएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!