- संगालोखबर सम्वाददाता

विराटनगर । लामखुट्टेको टोकाइबाट लाग्ने जिका, चिकनगुनिया र डेंगु भाइरसको परीक्षण सरकारले निःशुल्क गरिदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी तीन वटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले लक्षण देखिएमा निःशुल्क परीक्षण गरिने जानकारी दिएको हो ।

Advertisement

एक्कासी ज्वरो आउने, थकान महशुस हुने, टाउको मांसपेशी जोर्नी दुख्ने, अत्याधिक जोर्नी दुख्ने, विशेष गरी हात र खुट्टा दुख्ने, वाकवाकी लाग्ने वा बान्ता हुने लक्षण देखिए यस्ता रोग लागेको हुनसक्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

यस्ता लक्षणहरु देखिएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गई निःशुल्क रुपमा परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!