नागेशले पाए विराटनगरको नेतृत्व
बिराटनगर । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता नागेश कोइरालाले स्थानीय तह निर्वाचनमा बिजयी बन्दै पाँच बर्ष विराटनगरको नेतृत्व गर्ने अवसर पाएका छन् । एमाले उम्मेदवार सागर कुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गर्दै कोइराला बिराटनगर महानगरपालिकाको मेयरमा बिजयी भएका हुन् । उनी बिराटनगरको पाँचौं मेयर बनेका छन् ।
उनले ३० हजार १ सय ७० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द...






























