- संगालोखबर सम्वाददाता

विराटनगर । खोटाङलाई केन्द्रविन्दू बनाएर आइतवार बिहान भूकम्प गएको छ । खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर बिहान ८ः१३ मा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार ६ रेक्टर स्केलको भूकम्प मापन भएको छ । खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, संखुवासभा, धनकुटा, मोरङ, सुनसरी, झापा लगायत जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

काठमाडौंसहित अन्य जिल्लामा पनि भूकम्पले हल्लाएको छ । हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन ।

यसअघि प्रकाशित..

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!