संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कोरोना संक्रमण भएको छ । पीसीआर परीक्षण गर्दा राईमा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

Advertisement

मुख्यमन्त्री राईसहित उनको परिवारका सदस्यहरु, सचिवालयका सदस्य, निवासका सुरक्षाकर्मी, कर्मचारी गरी १६ जनाको सोमबार पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गर्दा मुख्यमन्त्री राईसहित उनकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले प्रेस नोट जारी गर्दै जानकारी दिएका छन् ।

उनका अनुसार अहिले तीनै जनाको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमण पुष्टि भएपछि मुख्यमन्त्रीसँगको भेटघाट लगायतका सबै कार्यक्रम स्थगित गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!