- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको ६८ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुने प्राध्यापक त्रयमा प्राडा देवेन्द्र अधिकारी, महेन्द्रनारायण कर्ण र नन्दकिशोर अग्रवाल छन् । यस्तै, कर्मचारीद्वय निरञ्जन पोखरेल र शान्तिदेवी कामतलाई सम्मानित गरिएको छ ।

Advertisement

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला, क्याम्पस प्रमुख डा बाबुराम तिमल्सिना र त्रिवि प्राध्यापक संघ क्याम्पस एकाईका सभापति डा प्रमोद खेरवारले उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई नगद, सम्मानपत्रसहित दोसल्ला र माला लगाएर सम्मानित गरे । उत्कृष्ट प्राध्यापकको रुपमा छनोट भएका महेन्द्र नारायण कर्ण घरायसी कारणले अनुपस्थित भएकाले उनको सम्मान पछि हस्तान्तरण गरिने जनाइएको छ ।

सम्मान कार्यक्रममा पूविका उपकुलपति प्राडा यादवराज कोइरालाले महेन्द्र मोरङ क्याम्पस शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि धेरै सम्भावना बोकेको संस्था भएकोले अब एकजुट भएर अगाडि बढ्न सुझाव दिए ।

सो अवसरमा पुरस्कृत प्राध्यापक डा देवेन्द्र अधिकारी, सहायक प्रमुखद्वय डा विष्णुदेव दास र डिल्ली पोखरेल, प्राडा राजनारायण यादव, त्रिवि कर्मचारी संघका एकाई अध्यक्ष अनिल यादव, राधा अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!