- संगालोखबर सम्वाददाता

विराटनगर । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्दिचरण राजमार्गमा आज दिउँसो बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सोलुखुम्बुबाट बिराटनगर आउदै गरेको बा ३ ख २९५६ नम्बरको बस दिउँसो करिब २ः३० बजे सडकमा पल्टिएको हो ।

Advertisement

दुर्घटनामा परी बस चालक बिराटनगर–११ का ३० बर्षीय सरोज कुमार झा, पाँचथरको फिदिम–५ का २४ बर्षीय भुपेन्द्र पोखरेल, उदयपुरको कटारी–४ का ३२ बर्षीय तेजकुमार राई, मोरङको रंगेली–७ का ६० बर्षीय खड्कबहादुर भुजेल र खोटाङको हलेसी तुवाचुङ–७ का २५ बर्षीय संजिव राउत घाइते भएका छन् ।

त्यस्तै, ओखलढुङ्गाको सिद्दिचरण–१ का ५० बर्षीय टेकराज कोईराला, सोही स्थानका ३२ बर्षीय युवराज कोईराला, सिद्दिचरण–३ का ३८ बर्षीय यादबकुमार दाहाल, मोरङको कानेपोखरी–७ की ६० बर्षीया गंगादेबी भुजेल, सोही स्थानकी ३६ बर्षीया धनमाया भुजेल, सिन्धुलीको फिकल–४ का ७० बर्षीय जितबहादुर बिसुङ्खे र ओखलढुङगाको मोलुङ–२ का ३३ बर्षीय तेजप्रसाद नेपाल घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कटारीवाट खटिएका प्रहरी टोलीले घाइतेहरुको उद्धार गरेर उपचारका लागि अस्पताल पठाएको छ । घाइतेहरु केहीको स्थानीय कटारी अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि विराटनगर ल्याइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!