- संगालोखबर सम्वाददाता
बुबामाथि मुस्लि प्रहार गर्ने टंक ।

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–५ ठकुरी टोलमा आज बिहान छोराको कुटाइबाट बुबाको मृत्यु भएको छ । २४ वर्षीय टंक भण्डारीले धान कुट्ने मुस्लिले हान्दा उनका बुबा ५३ वर्षीय भक्त बहादुरको मृत्यु भएको हो ।

टंकले बिहान सवा ६ बजे धान कुट्ने मुस्लिले बुबाको टाउकोमा हानेका थिए । मुस्लि प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका भक्तबहादुरलाई उपचारका लागि छथर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टंकले वुवामाथि आक्रमण गर्नुको कारण खुलेको छैन । घटनाको जानकारी पाएपछि शुक्रबारे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको थियो । घटनापछि टंक फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!