- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको बुढिगंगा गाँउपालिका–१ गोकुवाबाट हरिणको सिङसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४६ बर्षीय संखर ऋषिदेव छन् ।

गएराती १० बजे विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको घरबाट २ थान हरिणको सिङ बरामद गरेको छ ।

पक्राउ परेका ऋषिदेवको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!