- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागुऔषधसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उप–महानगरपालिका–८ का ४० बर्षीय सन्तोष मानन्धर छन् ।

Advertisement

दिउँसो साढे ३ बजे लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मानन्धरलाई पक्राउ गरेको हो । उनको साथबाट नाईट्रोसन ५० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मानन्धरको विषयमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!