- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा १४ हजार भन्दा बढी बिरामीको निःशुल्क उपचार गरिएको छ । ‘एम्बुलेन्स क्याम्प’ बाट बेलबारी, पथरी, वयरवन, विराटचौक र सुन्दरहरैंचाका विभिन्न वडा तथा टोलहरुका १४ हजार ५ सय ६३ बिरामीले निःशुल्क उपचार पाएका हुन् ।

Advertisement

नोबेल अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले सो क्षेत्रका नागरिकको निःशुल्क उपचारका लागि ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गर्ने व्यवस्था मिलाइदिएका हुन् । ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा १४३० जनाको मुटुको जाँच (इसीजी), २७६८ जनाको रगत परीक्षण र २३३० जनाको भिडियो एक्सरे गरिएको नोबेल अस्पतालले जनाएको छ । दाँतमा समस्या भएका ७४३ जनाको दाँत खोलिएको छ । एम्बुलेन्स क्याम्पमा उपचार सम्भव नभएका ८३७२ बिरामीलाई नोबेल अस्पताल ल्याएर उपचार गरिएको छ । जसमध्ये ४६२ जनाको शल्यक्रियासमेत भएको छ ।

मोरङको क्षेत्र नं.३ मा २६ वडा छन् । एम्बुलेन्स क्याम्पसबाट २६ वटै वडाका नागरिकलाई सेवा प्रदान गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । नोबेलले गत जेठ पहिलो सातादेखि एम्बुलेन्स क्याम्प सञ्चालन गर्न थालेको हो । जस अन्तर्गत शनिवारबाहेका हरेक दिन दुई टोली डाक्टरहरु टोलटोलमा पुगेर त्यहाँ रहेका बिरामीहरुको उपचार गर्ने गरेका छन् । भिडियो एक्सरे, ल्याब टेष्ट र इसीजी गर्ने साधनसहित डाक्टरहरु गाउँगाउँमा जान्छन् र बिरामीको उपचार गर्ने गर्छन् । उपचार बापत बिरामीले कुनै शुल्क तिर्नु पर्दैन । डा.शर्माले नै निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् । एम्बुलेन्स क्याम्पमा उपचार सम्भव नहुँने बिरामीलाई नोबेल अस्पतालमा ल्याएर ५० प्रतिशत छुटमा उपचार गर्ने गरिएको छ । बिरामीलाई अस्पताल जान र घर फर्कन नोबेलले नै गाडीको व्यवस्था मिलाइदिएको छ ।

यता, वयरवन र विराटचौकमा छ्ट्टै शिविर सञ्चालन गरेर १४२ जना जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार गरिएको छ । अब बेलबारी र पथरीशनिश्चरेका जेष्ठ नागरिकको पनि मुटु तथा फोक्सो रोगको उपचार गरिने जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!