- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापामा एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ । साउन ४ गते कन्काई नगरपालिका–३ स्थित सुरुङ्गा कुमरखोद सडकखण्डमा भएको दुर्घटनामा घाइते भएका २३ वर्षीय राजेश कार्कीको उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

मे १ च १६५४ नंम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१५ प २१४८ नंम्बरको को स्कुटरलाई ठक्कर दिँदा झापा गाउँपालिका–६ का राजेश र उनकी श्रीमती २० वर्षीया शर्मिला कार्की घाइते भएका थिए ।

Advertisement

बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उनीहरुको उपचार भइरहेको थियो । तर १४ गते राजेशलाई थप उपचारको लागि विराटनगस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । एम्बुलेन्स र एम्बुलेन्स चालक चन्द्रबहादुर बि.क प्रहरीको नियन्त्रणमा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!