- संगालोखबर सम्वाददाता

खोटाङ । अविरल बर्षाका कारण आइतबार बिहान हलेसी तुवाचुङ नगरपालिका–७ स्थित महादेवस्थान नजिक पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण मध्यपहाडी लोकमार्गको दिक्तेल–जयराम सडक खण्ड अवरुद्ध भएको हो ।

Advertisement

माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएपपछि दिक्तेलबाट काठमाडौं, उदयपुर, इटहरी, धरान, बिराटनगर, काँकडभिट्टालगायत ठाउँमा जाने सवारी साधन बाटैमै रोकिएका छन् । बाटो बन्द भएर सवारी आवतजावत अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेको खोटाङ यातायातका महासचिव रामकुमार हिङमाङले बताए । अवरुद्ध सडकको पहिरो पन्छाएर सञ्चालनमा ल्याउन हलेसी तुवाचुङ नगरपालिकाले स्काभेटर पठाएको वडा नं. ७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

वर्षायाममा जिल्लाका अन्य कच्ची सडक ठप्प हुँदा मध्यपहाडी लोकमार्ग मात्र नियमित सञ्चालन हुँदै आएको थियो । उक्त लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको यातायात व्यवसायीहरुले बताएका छन् । लगातारको वर्षासँगै झरेको पहिरोले हुर्लुङ–जालपा, साप्सु–पानधारेलगायत कच्ची सडक यसअघि नै बन्द भएका थिए ।

वर्षा सुरु भएसँगै आएको भेल तथा पहिरोका कारण जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट अन्तरपालिका जोड्ने सबै ग्रामीण सडक अवरुद्ध छन् । जिल्लाका सबै कच्ची सडकहरु अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला तथा राजधानी काठमाडौं आवतजावत गर्ने यात्रु घण्टौं पैदल यात्रा गरेर बाटो काट्न वाध्य छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!