- संगालोखबर सम्वाददाता
फायल तस्बीर

धनकुटा । धनकुटा बजारबाट लागुऔषधसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिदभूमि गाउँपालिका–५ घर भई धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्दै आएका २८ बर्षीय राकेश राई छन् ।

प्रहरीलाई शंका लागेर विहान साढे ११ बजे राईको कोठामा खान तलासी लिँदा प्रहरीले उनको साथबाट १७ हजार रुपैयाँ फेला पारेको हो । सोधपुछका क्रममा राईले अञ्जु विश्वकर्माको कोठामा लागुऔषध लुकाएको बताएका थिए ।

Advertisement

प्रहरीले विश्वकर्माको कोठामा खानतलासी गर्दा दुई किलो गाँजा, कोरेक्स ३ बट्टा, नाइट्रोजेपाम ६० चक्की, स्पास्पेन ११५० चक्की र ट्रामोल १२१० चक्की बरामद गरेको हो । लागुऔषध बरामद भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!