- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । नेपाल निजामती कर्मचारी संगठनले जिल्ला अस्पताल धनकुटाका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । सहिद भएका कर्मचारीहरूको स्मृतिमा आइतबार बिरामीहरूलाई फलफूल वितरण गरिएको हो ।

Advertisement

प्रदेश सांसद इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, जिससका निवर्तमान प्रमुख टंक चुवान, जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयराम श्रेष्ठ, संगठनका अध्यक्ष रामकृष्ण सुवेदी लगायतले बिरामीलाई फलफूल वितरण गरेका छन् । सहिद भएका कर्मचारी स्व.मनोज जोशी र स्व.झपेन्द्र कार्कीको स्मृतिमा फलफूल वितरण गरिएको संगठनका सचिव सुरेन्द न्यौपाने खत्रीले जानकारी दिए ।

वि.सं. २०३० कात्तिक २३ गते खोटाङमा जन्मिएका जोशी २०४८ साउन १५ गते राज्यपक्षबाट मारिएका थिए । त्यस्तै २०१३ पुस २४ गते जन्मिएका कार्की सडक विभाग यान्त्रिक कार्यालय, कास्कीमा कार्यरत रहदा राज्यपक्षबाट २०४७ वैशाख १६ गते मारिएका थिए । उनीहरूकै स्मृतिमा कार्यक्रम गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!