- संगालोखबर सम्वाददाता
फायल तस्बीर

झापा । झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा भद्रपुर नगरपालिका–७ का ४० बर्षीय भोटलाल गणेश राजबंशी छन् ।

उनी मेचीनगर नगरपालिका–४ स्थित आमडागीमा रहेको ईलाम टि प्रोडुसर प्रा.लि. को भवन बनाउने मजदुर हुन् । सोही निर्माणाधिन भवन नजिकै रहेको खोल्सीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए ।

Advertisement

भद्रपुरस्थित मेची अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!