धनुका कटेल/संगालोखबर

भोजपुर । भोजपुरमा भूकम्पका कारण एउटा घर भत्किएको छ । भोजपुर नगरपालिका–१२ टक्सारस्थित प्रमोद हलवाईको घर भत्किएको हो ।

Advertisement

आज बिहान ८ः१३ बजे खोटाङको मार्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ रेक्टरस्केलको भूकम्प  गएको थियो । भूकम्प लगत्तै सो घर भत्किएको छिमेकी सागर उदासले जानकारी दिए । ‘म बाइकमा जाँदै थिए, घर कटे लगत्तै गर्ल्याम्मै घर भत्कियो,’ उदासले संगालोखबरसँग भने, ‘एकैछिन ढिलो भएको भए मलाई नै किच्ने रहेछ, धन्न बाँचियो ।’

भूकम्पका कारण घरको एकापट्टिको आधा पर्खाल भत्किएको छ । घरमा कोही नभएकाले मानवीय क्षति भने भएको छैन ।

हलवाई परिवार गाउँको घर छोडेर अहिले काठमाडौं बस्दै आएका छन् । मान्छे नबस्दा सो घर जीर्ण बनेको थियो । घर कमजोर भएका बेला भूकम्पले हल्लाउँदा भत्किएको स्थानीयवासी बताउँछन् । भूकम्पको क्षतिको विषयमा बिभिन्न ठाउँमा प्रहरी परिचालन गरेर बुझ्ने काम भइरहेको भोजपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अवदेश यादवले बताए ।

छिमेकी जिल्ला खोटाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा भोजपुरमा पनि भूकम्पको कडा धक्का महसुस भएको थियो । पूर्वी नेपालसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!