संगालोखबर सम्वाददाता

विराटनगर । नेपाली बजारमा बिहीवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।

Advertisement

बुधवार प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएको छापावाल सुनको मूल्य बढेर आज प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ पुगेको छ । हिजो तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

यता, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको हो । हिजो तोलामा ११ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!