- संगालोखबर सम्बाददाता

धनकुटा । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङको स्वास्थ्य सल्लाहकारमा डा.खगेन्द्र कटुवाल नियुक्त भएका छन् । तेह्रथुमको छथर गाउँपालिका–५ घर भएका डा.कटुवाललाई मन्त्री खापुङले सल्लाहकार नियुक्त गरेका हुन् ।

होमियोप्याथी एशोसिएसनका अध्यक्षसमेत रहेका डा.कटुवाल धनकुटास्थित भावना होमियो हस्पिटलका सञ्चालक पनि हुन् । यसअघि नेकपा एमालेमा रहेका कटुवाल नेकपा एकीकृत समाजवादीमा गएका थिए ।

एकीकृत समाजवादीका नेतासमेत रहेका मन्त्री खापुङले आफ्नो गृहजिल्ला तेह्रथुमका कटुवाललाई सल्लाहकारमा नियुक्त गरेका हुन् । त्यस्तैगरी, मन्त्री खापुङको प्रेस सल्लाहकारमा केदारप्रसाद गौतमलाई नियुक्त गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!