- संगालोखबर सम्बाददाता

काठमाडौं । धनकुटाका बिभिन्न स्थानमा नेपाल टेलिकमको टावर थप्न माग गर्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीलाई माग पत्र बुझाइएको छ । नेपाली कांग्रेस धनकुटाको टोलीले मन्त्री कार्कीलाई मन्त्रालयमा भेटेर टावर निर्माणको माग पत्र बुझाएको हो ।

नेपाल टेलिकमको टावर पर्याप्त नहुँदा धनकुटाका विभिन्न ठाउँमा नेटवर्क कम भएर समस्या हुँने गरेकाले टावर थप्न माग गरिएको कांग्रेस धनकुटाका सचिव बिजयसन्तोषी राईले जानकारी दिए । उनका अनुसार जिल्लाका दुर्गम क्षेत्रहरु र कतिपय बजार क्षेत्रहरुमा पनि टेलिफोन सम्र्पक गर्न असहज भएकाले साँगुरीगढीको आहाले, चौविसे गाउँपालिका, सहिदभूमि गाउँपालिका, छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकामा टावर थप्न माग गरिएको छ ।

कांग्रेस जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज राया, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, कांग्रेस प्रदेश सभा ख का सभापती राजन पौडेल लगायतको टोली माग पत्र बुझाउँन पुगेको थियो ।

मात्र पत्र बुझ्दै मन्त्री कार्कीले यसै आर्थिक बर्षभित्र धनकुटाका विभिन्न पालिकाहरुमा टेलिकमको टावर थप गरी टेलिकमको नेटर्वक विस्तार गर्ने प्रतिवद्धता जनाएको कांग्रेस सचिव राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!