- संगालोखबर सम्बाददाता

धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलासले गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट गरेको छ । इजलासले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा ७२ दशमलव १९ प्रतिशत मुद्दा फर्स्यौट भएको जानकारी दिइएको हो ।

Advertisement

इजलासले ५० प्रतिशत मुद्दा फर्स्यौटको लक्ष्य राखेको थियो ।

गत आर्थिक वर्षमा जिम्मेवारी सरेका १ सय ५८ वटा, नयाँ दर्ता भएका १ सय ७७ वटा मुद्दा फर्स्यौट गरिएको अदालतका न्यायाधीश रमेशकुमार खत्रीले जानकारी दिए ।

चालु आर्थिक वर्षमा २ सय ८८ मुद्दा फर्स्यौट गर्ने लक्ष्य राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!