धनकुटा । अविरल बर्षाका कारण धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ मा आज बिहान एउटा घर भत्किएको छ । बर्षाका कारण स्थानीय विष्णुकुमारी लिम्बुको तीन कोठे भान्सा घर भत्किएको हो ।

बिहान करिब ३ बजे भान्सा घर भत्किएको प्रहरीले जनाएको छ । घर भत्किदा त्यहाँ रहेको खाद्यान्न, भाडा लगायत सम्पूर्ण समान पुरिएका छन् । भान्सा घरसँगै रहेको बाख्राको खोर पनि पुरिदा चार वटा बाख्रा र दुई वटा पाठा मरेका छन् ।

Advertisement

त्यस्तै तीन वटा कुखुरा पनि पुरिएका छन् । घर भत्किदा करिब तीन लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!