विराटनगरमा कुष्ठरोगीलाई फाइबर सिरक वितरण

विराटनगरमा कुष्ठरोगीलाई फाइबर सिरक वितरण

विराटनगर । ७१ औं कुष्ठरोग दिवसको अवसरमा आज विराटनगरका कुष्ठरोगीलाई फाइबर सिरक वितरण गरिएको छ । दिवसको अवसरमा विराटनगर महानगरपालिकाले कुष्ठरोगीलाई सिरक दिएको हो । विराटनगर वडा नम्बर १२, १५, १६, १७ र १९ का ७ जना कुष्ठरोगीलाई सिरक वितरण गरिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । प्रायजसो गरिबीसँगै जोडिएको यो रोग लागेकाहरू अपाङ्गताको दोस्रो श्रेणीमा पर्छन् । उनीहरूले आगो ताप...
धनकुटा सिटी जेसिजको अध्यक्षमा धमला निर्वाचित

धनकुटा सिटी जेसिजको अध्यक्षमा धमला निर्वाचित

धनकुटा । धनकुटा सिटी जेसिजको अध्यक्षमा सुरेशप्रसाद धमला निर्वाचित भएका छन् । सिटी जेसिजको अधिवेशनले धमलाको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिको कार्यकारी उपाध्यक्षमा सुवास खनाल र सरिता लिम्बू, उपाध्यक्षमा सविन श्रेष्ठ, सुवास भट्टराई, सन्तोष बस्नेत र भोलाराज थापा, महासचिवमा दिनेश भण्डारी, सचिवमा सभ्या राई र कोषाध्यक्षमा ईश्वरी सुवेदी चयन भएका छन् । त्यस्तै, कानू...
कांग्रेस नेता सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित

कांग्रेस नेता सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित

विराटनगर । कोशी प्रदेशबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै सिटौला विजयी भएका हुन् । सिटौलाले ५२९२ मतभार प्राप्त गर्दा पौडेलले ४५६२ मतभार पाएका छन् । सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाए, उद्धवलाई ४७ सांसदले मतदान गरे । स्थानीय तहतर्फ सिटौलाले १५३ जनाको मत पाएका छन् भने उद्धवलाई १०९ जनाले मतदान गरेका छन् ।...
कोशीमा सत्ता गठबन्धनका मतदाताद्वारा ‘फ्लोर क्रस’ : एमालेकी कोइराला निर्वाचित

कोशीमा सत्ता गठबन्धनका मतदाताद्वारा ‘फ्लोर क्रस’ : एमालेकी कोइराला निर्वाचित

विराटनगर । कोशी प्रदेशमा सत्ता गठबन्धनका मतदाताले ‘फ्लोर क्रस’ गरेपछि एमाले उम्मेद्वार रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेद्वार बनेकी माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्दै एमालेकी कोइराला बिजयी भएकी हुन् । राप्रपाको पनि समर्थन पाएकी एमाले उम्मेद्वार कोइरालाले ५ हजार ८६ मतभार पाएकी छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको स...
बालिकालाई होटलमा राखेर वेश्यावृत्ति गराएको आरोपमा धनकुटाकी महिला पक्राउ

बालिकालाई होटलमा राखेर वेश्यावृत्ति गराएको आरोपमा धनकुटाकी महिला पक्राउ

काठमाडौं । बालिकाहरूलाई होटलमा राखेर वेश्यावृत्ति गराएको आरोपमा धनकुटाकी एक महिला काठमाडौंबाट पक्राउ परेकी छन् । पैसाको लोभमा बालिकाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं.१ की आशा लामा भनिने ३६ वर्षीया लालमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले काठमाडौं-३२ स्थित जडिबुटीमा टिमुरे क्याफे र चरिकोट गेष्टहाउस सञ्चालन गर्दै आएकी छन् । सोही क्याफे तथ...
पाख्रीवासमा अछामका सङ्गमको एकल गजल साँझ हुने

पाख्रीवासमा अछामका सङ्गमको एकल गजल साँझ हुने

धनकुटा । धनकुटाको पाख्रीवासमा आज अछामका गजलकार लक्ष्मण सङ्गमको एकल गजल साँझ हुने भएको छ । पाख्रीवास ४ नम्बर वडा कार्यालयको प्रायोजनमा पाख्रीवास कला साहित्य समाजले ‘पाख्रीवास गजल साँझ’ गर्न लागेको हो । पाख्रीवासस्थित संसारी सिमसार पर्यटकीय क्षेत्रमा साँझ ५ बजेपछि कार्यक्रम सुरुहुने पाख्रीवास कला साहित्य समाजका सचिव ध्रुव पौडेलले जानकारी दिए । साहित्यिक क्षेत्रको प्रवर्द्धनका लागि आयोजना गरिएको क...
कांग्रेस नेता कार्कीको स्वीकारोक्तिः पार्टीभित्र एकता छैन, समस्या भयो

कांग्रेस नेता कार्कीको स्वीकारोक्तिः पार्टीभित्र एकता छैन, समस्या भयो

धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कांग्रेस पार्टीभित्र एकता नहुँदा समस्या भएको बताएका छन् । सोमबार नेपाली कांग्रेस धनकुटाले गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कार्कीले यस्तो बताएका हुन् । नेता कार्कीले कांग्रेसमा एकता नहुँदा कांग्रेसजनमा मात्रै नभइ देशमै समस्या भइरहेको बताए । उनले, कांग्रेस देशको सबैभन्दा ठूलो शक्ति र जिम्मेवार दल भएका...
मुना बनिन् धनकुटा लेडी जेसिजको अध्यक्ष

मुना बनिन् धनकुटा लेडी जेसिजको अध्यक्ष

धनकुटा । धनकुटा लेडी जेसिजको अध्यक्षमा मुना पोख्रेल निर्वाचित भएकी छन् । जेसिजको अधिवेशनले पोख्रेलको नेतृत्वमा १२ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा जोसना श्रेष्ठ र सुस्मिता श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा रिता पाण्डे, गिता पौडेल, बिनु जोशी र योजना अधिकारी चयन भएका छन् । महासचिवमा सोभा श्रेष्ठ, सचिवमा दिपिका भट्टराई र कोषाध्यक्षमा लिना श्रेष...
धनकुटाका सरकारी कार्यालय अन्तै सार्न लागिएपछि एमाले उत्रियो आन्दोलनमा

धनकुटाका सरकारी कार्यालय अन्तै सार्न लागिएपछि एमाले उत्रियो आन्दोलनमा

धनकुटा । धनकुटामा रहेका केही सरकारी कार्यालय अन्य जिल्लामा सार्ने तयारी गरिएपछि नेकपा एमाले आन्दोलनमा उत्रिएको छ । धनकुटा सदरमुकाममा रहेको तथ्यांक कार्यालयलाई खोटाङ लैजान लागिएको र पाख्रीवासमा रहेको राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान कार्यक्रमलाई इलाम सार्न लागिएको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रिएको हो । एमालेले आइतबार धनकुटामा पत्रकार सम्मेलन गरेर कार्यालय सार्ने निर्णयको विरोधमा आन्दोलनका क...
चौबिसे कप फुटबलः पुरुषतर्फ ६ र महिलातर्फ २ नं. वडाले जित्यो उपाधि

चौबिसे कप फुटबलः पुरुषतर्फ ६ र महिलातर्फ २ नं. वडाले जित्यो उपाधि

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-२ मुढेवासमा आयोजित पाँचौ चौबिसे महिला तथा पुरुष रनिङ कप फुटबल प्रतियोगितामा पुरुषतर्फ चौबिसे वडा नं.६ र महिलातर्फ चौबिसे वडा नं.२ ले उपाधि जितेको छ । पुरुषतर्फको खेलमा चौबिसे वडा नं.१ लाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै चौबिसे वडा नं.६ ले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा विश्वकु...
धनकुटामा संगीत महोत्सव हुने

धनकुटामा संगीत महोत्सव हुने

धनकुटा । धनकुटामा आगामी फागुन पहिलो साता ‘धनकुटा म्युजिक फेस्ट’ हुने भएको छ । न्यू नव प्रभाव क्लबले फागुन ४ र ५ गते टुँडिखेलमा धनकुटा म्युजिक फेस्ट अर्थात संगीत महोत्सव गर्न लागेको हो । संगीत प्रेमीहरूलाई लक्षित गरी सांगीतिक क्षेत्र र जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले धनकुटामा पहिलो पटक संगीत महोत्सव गर्न लागिएको महोत्सवका संयोजक रिदम श्रेष्ठले जानकारी दिए । ‘संगीत प्रेमीह...
कोशी प्रदेशमा ‘अनुशासित चालक, सुरक्षित सडक’ अभियान सुरु

कोशी प्रदेशमा ‘अनुशासित चालक, सुरक्षित सडक’ अभियान सुरु

विराटनगर । कोशी प्रदेशमा ‘अनुशासित चालक, सुरक्षित सडक’ अभियान सुरु भएको छ । प्रदेश सरकारले मोरङ र झापाबाट शुक्रबार यो अभियान सुरुवात गरेको हो । विराटनगरस्थित रानी र नेमुवामा आयोजित कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले अभियान शुभारम्भ गरे । कोशी प्रदेशभरिका सवारी चालकहरूको लागूऔषध तथा मादक पदार्थ सेवन जाँच र आँखा जाँच गर्न विशेष अभियान थालिएको हो । लागू पदार्थ तथा मादक पदार्थ सेवन गरे/नगरे...
तेह्रथुमका खापुङले सम्हाले कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

तेह्रथुमका खापुङले सम्हाले कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख फेरिएका छन् । तेह्रथुमको मोराहाङ घर भएका डीआइजी चन्द्रकुबेर खापुङले बुधबार कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी राजेशनाथ बाँस्तोलाको प्रहरी प्रधान कार्यालय अन्वेषण, योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बाँस्तोलाको ठाउँमा खापुङलाई पठाएको हो । खापुङ...
अत्यधिक चिसोका कारण विराटनगरका विद्यालय तीन दिन बन्द गर्ने निर्णय

अत्यधिक चिसोका कारण विराटनगरका विद्यालय तीन दिन बन्द गर्ने निर्णय

विराटनगर । अत्यधिक चिसो बढेका कारण विराटनगर महानगरक्षेत्रका विद्यालय तीन दिन बन्द गरिने भएको छ । विराटनगर महानगरपालिकाले बुधबारदेखि शुक्रबारसम्म महानगरक्षेत्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरेको हो । चिसो अत्यधिक बढ्न थालेपछि पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा पनि प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै बिदा दिइएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्...
धनकुटा बजारमा ट्राफिक व्यवस्थापनका लागि नगरपालिकाले लागु गर्यो नयाँ नियम

धनकुटा बजारमा ट्राफिक व्यवस्थापनका लागि नगरपालिकाले लागु गर्यो नयाँ नियम

धनकुटा । ट्राफिक व्यवस्थापनका लागि धनकुटा बजारमा आजबाट नयाँ नियम लागु गरिएको छ । बजारमा बढ्दै गएको सवारी चाप व्यवस्थापनका लागि धनकुटा नगरपालिकाले पार्किङ, अटो स्टेण्ड, यात्रु चढाउने/ओराल्ने र सामान लोड/अनलोड सम्बन्धी नयाँ नियम लागु गरेको हो । मदनचोकदेखि भीमनारायण चोकसम्म दोहोरो पार्किङ निषेध गरिएको छ । दुई पाङ्ग्रे सवारी साधनलाई बारको आधारमा एकोहोरो पार्किङको व्यवस्था गरिएको छ । आइतबार, मंगलबार...
न्यायाधीशकी श्रीमतीद्वारा अदालत परिसरमा आत्मदाह प्रयास

न्यायाधीशकी श्रीमतीद्वारा अदालत परिसरमा आत्मदाह प्रयास

काठमाडौं । श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी आरती गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाह प्रयास गरेकी छन् । न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले आज दिउँसो अदालत परिसरमा प्रवेश गरी शरीरमा मट्टितेल छर्किएर आत्मदाह प्रयास गरेकी हुन् । ‘न्याय कि मृत्यु’ देखिएको टिसर्ट लगाएर अदालतको गेटभित्र पसेकी आरतीले शरीरमा मट्टीतेल खन्याएर आगो लगाउँने प्रयास गरेकी थिइन् । तर, तत्काल प्रहरीले उन...
इलामका बिनोदले जिते भ्वाइस अफ नेपालको उपाधि

इलामका बिनोदले जिते भ्वाइस अफ नेपालको उपाधि

काठमाडौं । इलामका बिनोद राईले भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि जितेका छन् । कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्ने राईले ललितपुरको गोदावरीमा शुक्रबार राती भएको ग्राण्ड फिनालेमा उपाधि जितेका हुन् । चार फाइनलिस्टबीच भएको कडा प्रतिस्पर्धामा दर्शकको सर्वाधिक भोटका आधारमा बिनोदले उपाधि जितेका हुन् । उपाधिसँगै बिनोदले २० लाख नगद पुरस्कार पाएका छन् । मकरबहादुर योन्जन फस्ट रनरअप बने । कुमार प्रयास रा...
जितपुरमा बस दुर्घटना

जितपुरमा बस दुर्घटना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ स्थित जितपुरमा यात्रुबाहक बस दुर्घटना भएको छ । धरानबाट महालक्ष्मी–६ बासपानी जादै गरेको को १ ख ७१७७ नम्बरको बस शुक्रबार साँझ करिब ५ बजे जितपुर बजार नजिक दुर्घटना भएको हो । दुर्घटनामा परी बासपानीकी विनिता तामाङ घाइते भएकी छन् । उनको हात भाँचिएको छ । जितपुरमा प्राथमिक उपचार गरी उनलाई थप उपचारका लागि धरान पठाइएको जितपुरका स्थानीय लोक श्रेष्ठले जानकारी दिए । ...
धनकुटाका दुई जना काठमाडौंमा पक्राउ, विदेश पठाइदिन्छु भनेर ठगेको आरोप

धनकुटाका दुई जना काठमाडौंमा पक्राउ, विदेश पठाइदिन्छु भनेर ठगेको आरोप

काठमाडौं । विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा धनकुटाका दुई जना काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चौबिसे गाउँपालिका वडा नं.६ की उर्मिला चेम्जोङ र धनकुटा नगरपालिका वडा नं.२ का दिपेन्द्र राईलाई पक्राउ गरेको हो । उनीहरूले फरक-फरक व्यक्तिसँग रकम लिएर ठगी गरेको आरोप छ । काठमाडौं किर्तिपुर ट्याङ्लाफाँट बस्दै आएकी ४८ वर्षीया उर्मिलाले संगत थापासहित दुई...
हिले बजारमा सडकपेटी मिचेर राखिएका सामान नगरपालिकाले गर्यो जफत

हिले बजारमा सडकपेटी मिचेर राखिएका सामान नगरपालिकाले गर्यो जफत

धनकुटा । हिले बजारको सडकपेटी तथा सार्वजनिक स्थलमा अव्यवस्थित रुपमा राखिएका सामान धनकुटा नगरपालिकाले आज जफत गरेको छ । व्यापारिक प्रयोजनका लागि सडकपेटी तथा सार्वजनिक स्थल मिचेर राखिएका सामान नगर प्रहरीले नियन्त्रणमा लिएको हो । तोङ्बा चोकदेखि सिरान बजारसम्मको क्षेत्रबाट कपडा, तरकारी, पानीटङ्की, म्याट, डसना, होडिङबोर्ड लगायत दुई गाडी सामान नियन्त्रणमा लिइएको नगर प्रहरी प्रमुख रभी खत्रीले जानकारी दि...
इटहरीमा जलन अस्पताल बनाइने

इटहरीमा जलन अस्पताल बनाइने

विराटनगर । इटहरी उपमहानगरपालिका–११ पकलीस्थित भवानीपुरमा जलन अस्पताल निर्माण गरिने भएको छ । जलेका बिरामीहरूको उपचारका लागि भवानीपुरमा एक सय शैयाको अस्पताल बनाउँन लागिएको हो । अस्पताल निर्माणका लागि कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा.सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा.गौरी प्रधानले सम्झ...
सन्दिप लामिछानेलाई तोकियो ८ वर्ष कैद सजाय

सन्दिप लामिछानेलाई तोकियो ८ वर्ष कैद सजाय

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई अदालतले ८ वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालत काठमाडौँले आज लामिछानेलाई ८ वर्ष कैदसहित ५ लाख क्षतिपूर्ति भराउने आदेश दिएको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासले कैद सजायसहित ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो । गत पुस १३ गते जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो । २०७५ भदौ...
भेडेटारबाट गाँजासहित एक जना पक्राउ

भेडेटारबाट गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारबाट गाँजासहित एक जना पक्राउ परेका छन् । भेडेटार चोकबाट प्रहरीले धनकुटा–१ हिलेका २२ वर्षीय तिलक राना मगरलाई गाँजासहित पक्राउ गरेको हो । उनको साथबाट एक किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । हिजो बेलुका करिब ५ बजे मगर सवार को. ३० प ४५१५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनको साथमा गाँजा फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबा...
शिक्षा मन्त्रीलाई सुनिल शर्माको चुनौति: निलम्बन फुकुवा गर्दैनौ, विद्यार्थी नै फर्काइदिन्छौं

शिक्षा मन्त्रीलाई सुनिल शर्माको चुनौति: निलम्बन फुकुवा गर्दैनौ, विद्यार्थी नै फर्काइदिन्छौं

काठमाडौँ । काठमाडौं मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले आचरण विपरीत काम गरेका एक जना विद्यार्थीको विषयलाई लिएर शिक्षा मन्त्रीले निलम्बन फुकुवा गर्न पत्र लेख्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । केएमसीले एक महिनाका लागि निलम्बन गरेका डा.विशद दाहालको निलम्बन फुकुवाका लागि शिक्षामन्त्री अशोक राईले मङ्गलवार निर्देशनसहितको पत्र पठाएपछि केएमसी सञ्चालक शर्माले शिक्षा मन्त्रीको कदम हास्यास्पद र लज्...
चौबिसे रनिङ कप फुटबल माघमा हुने

चौबिसे रनिङ कप फुटबल माघमा हुने

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवासमा आगामी माघ १ गतेबाट पाँचौ चौबिसे महिला तथा पुरुष रनिङ कप फुटबल प्रतियोगिता हुने भएको छ । मुढेवासस्थित त्रिवेणी क्लबको व्यवस्थापनमा चौबिसे गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो । आयोजकले आज कार्यक्रम गरेर चार दिनसम्म हुने खेलको तालिका सार्वजनिक गरेको छ । स्थानीय त्रिवेणी खेल मैदानमा हुने प्रतियोगितामा आठ वडाका पुरुष र महिलाका आ...
धनकुटाको बेलहारामा बनाइयो हेलिप्याड

धनकुटाको बेलहारामा बनाइयो हेलिप्याड

धनकुटा । धनकुटा नगरपालिका–९ बेलहारास्थित बाघखोरमा हेलिप्याड निर्माण गरिएको छ । हेलिकप्टर उडान तथा अवतरणका लागि नेपाली सेनाको श्री नं. २ वाहिनी अड्डाको अगुवाइमा हेलिप्याड बनाइएको हो । हेलिप्याड निर्माणका लागि धनकुटा नगरपालिका ९ नं. वडा कार्यालय, डीएन ग्रुप अफ कम्पनी र स्थानीयवासीले पनि सहयोग गरेका छन् । निर्माण सम्पन्न भएपछि आइतबार उद्घाटन गरी नेपाली सेनाले धनकुटा नगरपालिकालाई हेलिप्याड हस्तान्त...
धनकुटाका विपन्न बिरामीलाई ५० प्रतिशत छुटमा उपचार गर्ने कांग्रेस सांसद शर्माको घोषणा

धनकुटाका विपन्न बिरामीलाई ५० प्रतिशत छुटमा उपचार गर्ने कांग्रेस सांसद शर्माको घोषणा

धनकुटा । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले धनकुटाका विपन्न बिरामीलाई उपचारमा सहयोग गर्ने घोषणा गरेका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका पूर्वअध्यक्षसमेत रहेका सांसद शर्माले धनकुटाका विपन्न बिरामीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशत छुटको व्यवस्था मिलाउँने घोषणा गरेका हुन् । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित सांसद शर्मालाई धनकुटामा भव्य स्वागत गर्दै कांग्रेस धनकुटाले आज ...
धनकुटाको महालक्ष्मीका वडाध्यक्ष मगरले किनिदिए विद्यार्थीलाई पोशाक

धनकुटाको महालक्ष्मीका वडाध्यक्ष मगरले किनिदिए विद्यार्थीलाई पोशाक

धनकुटा । महालक्ष्मी नगरपालिका-२ का वडाध्यक्ष पदम रखाल मगरले आफूले पाउने पैसाबाट विद्यार्थीलाई पोशाक किनिदिएका छन् । सेवा सुविधा बापत आफूले पाएको तीन महिनाको पैसाबाट वडाध्यक्ष मगरले महालक्ष्मी–२ सान्नेटारस्थित ऐश्वर्य आधारभुत विद्यालयका विद्यार्थीलाई पोशाक किनिदिएका हुन् । बुधबार कार्यक्रम गरेर वडाध्यक्ष मगरले विद्यार्थीहरूलाई पोशाक वितरण गरेका छन् । उनले सो विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी...
सुनसरीबाट २१ लाख नगदसहित एक युवा पक्राउ

सुनसरीबाट २१ लाख नगदसहित एक युवा पक्राउ

सुनसरी । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-६ बाट २१ लाख ५७ हजार नगदसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोशी गाउँपलिका–३ का २७ वर्षीय वीरेन्द्रकुमार राउत छन् । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । साथमा रहेको रकमको स्रोत खुलाउँन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रदेश १–०२–०५३ प १९५६ नम्बरको मोटरसाइकलमा पूर्व-पश्चिम राजम...
कोशी प्रदेशबाट दुग्धजन्य पदार्थ बंगलादेश पठाउँन पहल गर्दै मुख्यमन्त्री कार्की

कोशी प्रदेशबाट दुग्धजन्य पदार्थ बंगलादेश पठाउँन पहल गर्दै मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि पहल थालेका छन् । बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँग बुधबार फोन संवाद गरेर मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ निकासीका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन् । नेपालबाट बङ्गलादेशमा दुग्धजन्य पदार्थ निकासीमा ७८ प्रतिशत भन्सार तोकिएकाले कोशी प्रदेशका दुग्धजन्य पदार्थ...
धनकुटा नगरका प्रमुख प्रशासकीय अधिकृत राईसहित चार कर्मचारी सम्मानित

धनकुटा नगरका प्रमुख प्रशासकीय अधिकृत राईसहित चार कर्मचारी सम्मानित

धनकुटा । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित चार कर्मचारी सम्मानित भएका छन् । किरात राईहरूको महान चाड साकेला उधौलीको अवसर पारेर किरात राई यायोक्खाले राई समुदायका अधिकृत तहका कर्मचारीहरूलाई सम्मान गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई, प्रदेश लेखा इकाई प्रमुख निशान राई, धनकुटा अस्पतालका डा.मणिकला राई र डा.समिर राईलाई सम्मान गरिएको हो । कार्यक्रममा धनकुटा न...
error: Content is protected !!