संगालोखबर सम्बाददाता

विराटनगर । कोशी प्रदेशमा सत्ता गठबन्धनका मतदाताले ‘फ्लोर क्रस’ गरेपछि एमाले उम्मेद्वार रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेद्वार बनेकी माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्दै एमालेकी कोइराला बिजयी भएकी हुन् ।

Advertisement

राप्रपाको पनि समर्थन पाएकी एमाले उम्मेद्वार कोइरालाले ५ हजार ८६ मतभार पाएकी छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी माओवादीकी कार्कीले ४ हजार ९९२ मतभार पाइन् । ९४ मतभारले कोइराला विजयी भएकी हुन् ।

निर्वाचनमा एमाले र राप्रपाले तालमेल गरेपनि जितका लागि उनीहरूसँग पर्याप्त मतभार थिएन । तर, सत्ता गठबन्धनका मतदाताले ‘फ्लोर क्रस’ गरेपछि एमाले उम्मेद्वार कोइराला विजयी भएकी हुन् ।

सत्ता गठबन्धनका स्थानीय तहका १७ जना जनप्रतिनिधि र तीन जना प्रदेश सभा सदस्यले ‘फ्लोर क्रस’ गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!