संगालोखबर सम्बाददाता

विराटनगर । कोशी प्रदेशबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै सिटौला विजयी भएका हुन् ।

Advertisement

सिटौलाले ५२९२ मतभार प्राप्त गर्दा पौडेलले ४५६२ मतभार पाएका छन् । सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाए, उद्धवलाई ४७ सांसदले मतदान गरे । स्थानीय तहतर्फ सिटौलाले १५३ जनाको मत पाएका छन् भने उद्धवलाई १०९ जनाले मतदान गरेका छन् ।

कांग्रेस नेता सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेको थियो भने, राप्रपा नेता पौडेललाई राप्रपा र एमालेको समर्थन थियो ।

यसैबीच, कोशी प्रदेशमा सत्ता गठबन्धनका मतदाताले ‘फ्लोर क्रस’ गरेपछि एमाले उम्मेद्वार रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!