संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा सिटी जेसिजको अध्यक्षमा सुरेशप्रसाद धमला निर्वाचित भएका छन् । सिटी जेसिजको अधिवेशनले धमलाको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

Advertisement

समितिको कार्यकारी उपाध्यक्षमा सुवास खनाल र सरिता लिम्बू, उपाध्यक्षमा सविन श्रेष्ठ, सुवास भट्टराई, सन्तोष बस्नेत र भोलाराज थापा, महासचिवमा दिनेश भण्डारी, सचिवमा सभ्या राई र कोषाध्यक्षमा ईश्वरी सुवेदी चयन भएका छन् । त्यस्तै, कानूनी सल्लाहकारमा उत्तम पौडेल र जनसम्पर्क अधिकारीमा केल्सन धिमाललाई चयन गरिएको छ ।

पद हस्तान्तरणका लागि शुक्रबार आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष विजय अधिकारीले नव निर्वाचित अध्यक्ष धमलालाई ‘चेन’ हस्तान्तरण गरे । निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रममा सपथ ग्रहण पनि गराइयो ।

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, सिटी जेसिजका पूर्वअध्यक्ष खेम पौडेल, इटहरी शाखाका अध्यक्ष सुमन सुवेदी लगायतले निर्वाचित कार्यसमितिलाई बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!