संगालोखबर सम्बाददाता

विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री केदार कार्कीले आज चार मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् । कांग्रेसबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा माओवादीबाट दुई जनालाई मन्त्री बनाइएको हो ।

Advertisement

नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार स्वास्थ्य र कांग्रेसकै रामकुमार खत्री उद्योग कृषि तथा सहकारी मन्त्री बनेका छन् । माओवादी केन्द्रका राजेन्द्र कार्की र नारायण मगर पनि मन्त्री भएका छन् ।

कार्कीलाई सामाजिक विकास र मगरलाई खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । धनकुटाकी कांग्रेस सांसद इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनाइएको छ । कांग्रेसकै सुनिता कुमारी गुरुङलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ ।

मुख्यमन्त्री नियुक्त भएको चार महिनापछि कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

अब, कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । यसअघि शम्शेर राई आन्तरिक मामिला तथा कानुनमन्त्री, गणेश उप्रेती पर्यटन, वन तथा वातावरणमन्त्री र कमलप्रसाद जबेगु भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!