संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरको बरगाछीमा आज ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

Advertisement

दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहबी नगरपालिका-९ का २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चौधरी, इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटर हुन् । घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् ।

दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । दुर्घटनाका कारण केही समय राजमार्गमा सवारी आवतजावतसमेत प्रभावित भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!