कोशी र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना

कोशी र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना

विराटनगर । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । कोशी प्...
‘लोकतन्त्र रक्षा गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण’

‘लोकतन्त्र रक्षा गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लोकतन्त्रको रक्षा गर्न पत्रकारहरुको महत्वपूर्ण योगदान रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो अधिवेशनको बुधवार विराटनगरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सञ्चारकर्मीहरूले अझ बढी भूमिका खेल्नुपर्ने उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्...
वाकाथन र पुनर्मिलनका लागि देशभरका ओलम्पियन्स कोशी प्रदेशमा

वाकाथन र पुनर्मिलनका लागि देशभरका ओलम्पियन्स कोशी प्रदेशमा

विराटनगर । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक खेलाडीहरू मोरङको विराटचोक आइपुगेका छन् । कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी हुन अस्ट्रिया, मलेसियाका साथै नेपालका ओलम्पिक खेलाडी कार्यक्रमस्थल आइपुगेका हुन् । विराटनगर विमानस्थलमा बुधबार दिउँसो कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले आठजना...
‘एक दिन कार्यक्रम गरेर मजदुरको समस्या समाधान हुँदैन’

‘एक दिन कार्यक्रम गरेर मजदुरको समस्या समाधान हुँदैन’

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ का किशोरानन्द चौधरीे ६० वर्ष पुगे । उनले दैनिक ज्याला मजदुरीको काम गर्न थालेको ४० वर्ष भयो । प्रत्येक दिन उनी विराटनगरको बरगाछी चोकमा भेटिन्छन् । आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन बिहान ८ बजे सदाझैँ उनी बरगाछी चोकमै भेटिए । बिहान ७ बजे बरगाछी आइपुगेका चौधरी कोही कामको लागि लिन आउँछ भन्ने आशमा तातो घाममा कुरेर बसिरहे । ९ बजेसम्म पनि कोही नआएपछि नि...
कस्तो छ महिला मजदुरहरूको अवस्था ?

कस्तो छ महिला मजदुरहरूको अवस्था ?

सुनसरी । सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा रहेका सयौं उद्योगहरुमा उल्लेख्य संख्यामा महिला मजदुरको सहभागिता छ । उनीहरुको सीप उपयोग गर्दै विभिन्न सामग्री उत्पादन गर्ने अधिकांश उद्योगहरुले तोकिएको पारिश्रमिक दिने गरे पनि सबैले त्यसो गरेको पाइँदैन । कतिपयले नियुक्ति पत्र दिएका छैनन् भने सामाजिक सुरक्षा कोषमा सहभागी नभएका उद्योगहरुको संख्या पनि छ । यसले गर्दा मजदुरहरुको रोजगारी असुरक्षित हुने साथै सेवा...
इलामको रोङमा भ्यान दुर्घटना, एकजनाको मृत्यु

इलामको रोङमा भ्यान दुर्घटना, एकजनाको मृत्यु

इलाम । मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका–४ मा भएको भ्यान दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार झापाबाट इलाम आइरहेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान दुर्घटना भएको हो । दुर्घटनामा देउमाइ–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यान दुर्घटनामा केही यात्रु घाइते भएका छन् । उनीहरुको उद्धार गरेर उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने काम भइरहेको प्रहरीले जन...
सप्तरीमा २ सयभन्दा बढी घरटहरा जले

सप्तरीमा २ सयभन्दा बढी घरटहरा जले

सप्तरी । सप्तरीको महादेवा गाउँपालिका–१ मा भएको आगलागीमा परी बस्ती नै सखाप भएको छ । आगलागीमा परी कम्तीमा दुई सयवटा घरटहरा जलेको जनाइएको छ । आगो निभाउन तीनवटा दमकल प्रयोग गरी प्रहरी र स्थानीय बासिन्दा लागिरहेका छन् । हालसम्म नियन्त्रणमा आउन नसकेको जनाइएको छ । महादेवा गाउँपालिकाका वडाध्यक्ष जयकिशोर दासले दुई सयभन्दा बढी परिवार विस्थापित भएको जनाए । आगलागीबाट स्थानीय बासिन्दाको घरटहरासहित धनमाल, ...
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विजुकुमार थपलिया नियुक्त भएका छन् । यसैगरी, मध्यपश्चिम विश्वविद्यालयमा प्रा. डा. ध्रुवकुमार गौतम नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले थपलिया र गौतमलाई मंगलबार उपकुलपतिमा नियुक्त गरेका हुन् । थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन् भने गौतम त्रिवि योजना निर्देशनालयका निर्द...
सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारकर्मीलाई धनकुटाका मेयरको आग्रह

सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारकर्मीलाई धनकुटाका मेयरको आग्रह

धनकुटा । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले सहीलाई सही र गलत कुरालाई खबरदारी गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । समाजमा सकारात्मक सन्देश जाने खाले समाचार सम्प्रेषण गर्न उनले सुझाव दिए । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको मंगलबार आयोजित १२औँ वार्षिक साधारण सभा तथा ११औँ जिल्ला अधिवेशन उद्घाटन अवसरमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । काम गर्ने क्रममा कसैप्रति पूर्वाग्रही भएर काम नगर्न...
इलाममा–२ मा जित्न सकिएन, सिकियो : लामिछाने

इलाममा–२ मा जित्न सकिएन, सिकियो : लामिछाने

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीको हार भएपछि पराजयबाट पाठ सिकेको बताएका छन् । उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले इलाम–२ को उपनिर्वाचनमा आफ्ना उमेदवार मिलन लिम्बूको पराजय स्वीकार गर्दै उपनिर्वाचनमा जित्न नसके पनि सिक्ने अवसर मिलेको भन्दै जिम्मेवार ढंगले प्रस्तुत हुन कार्यकर्तालाई आग्रह गरेका छन्। निर्वाचित भएका नेक...
मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखसमक्ष भने, ‘संकल्प प्रस्ताव संविधानविपरीत’

मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखसमक्ष भने, ‘संकल्प प्रस्ताव संविधानविपरीत’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव संविधानविपरीत भएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएका छन् । प्रदेश प्रमुखसमक्ष पत्र पेस गर्दै उनले संकल्प प्रस्ताव संविधानविपरीत भएको जनाएका हुन् । नेकपा एमाले, माओवादीलगायत राजनीतिक दलका सांसदहरुले प्रदेशसभामा पेस गरेको प्रस्ताव गत वैशाख ७ गते पारित भएको थियो । विपक्षी गठबन्धनले पेस गरेको उक्त संकल्प प्र...
मलाई मत दिएकामा पछुताउनुपर्ने छैन : सुहाङ

मलाई मत दिएकामा पछुताउनुपर्ने छैन : सुहाङ

इलाम । इलाम–२ मा भएको उपनिर्वाचनमा विजयी बन्दै नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्य बनेका छन् । आफ्नो दिवंगत बुवा एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको क्षेत्रबाट निर्वाचित उनले विजयी भएपछि भावुक हुँदै मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले लेखेका छन्– हार्दिक आभार तथा धन्यवाद ! अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु ! इलाम क्षेत्र नं. ...
धनकुटाको चारखोलेमा ट्रकमा आगलागी

धनकुटाको चारखोलेमा ट्रकमा आगलागी

धनकुटा । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाका लागि सामान लिएर आइरहेको मालबाहक टेलर (ट्रक) मा मंगलबार बिहान आगलागी भएको छ । भारतको जोगबनीबाट सामान लिएर आइरहेको उक्त टेलर धनकुटाको साँगुरीगढी गाउँपालिका-६ चारखोले भन्ने स्थानमा पुग्दा आगलागी भएको हो । प्रहरीका अनुसार अरुण तेस्रो जलविद्युत आयोजनाका लागि फलामको प्लेट बोकेर आउँदै गरेको ना ७ ख ७९२४ नम्बरको टेलर ब्रेकफेल भइ अनियन्त्र...
विजय सभामा सहभागी हुन ओली इलाम आउँदै

विजय सभामा सहभागी हुन ओली इलाम आउँदै

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि नेकपा एमालेले आज विजय सभा आयोजना गर्दै छ । सदरमुकामस्थित चोक बजारमा आयोजना हुने विजय सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्माले सम्बोधन गर्ने पार्टीले जनाएको छ । दिउँसो १ बजे आयोजना हुने सभालाई पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए । वैशाख १...
कोशीका पहाडी जिल्लामा पानी पर्ने सम्भावना

कोशीका पहाडी जिल्लामा पानी पर्ने सम्भावना

विराटनगर । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली...
विराटनगरमा विद्युतीय गाडी उत्पादन गरिने

विराटनगरमा विद्युतीय गाडी उत्पादन गरिने

विराटनगर । कोशी एनके मोटर्सले विराटनगरमा विद्युतीय गाडी उत्पादन गरिने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा कोशी एनके मोटर्स प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो । चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो । चीनको फुजियन प्रान्तमा रहेको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी र कोशी एन के मोटर्स प्रालिबीच चारपाङ्ग्रे...
इलाममा अग्रता अझै बढाउँदै एमालेका सुहाङ

इलाममा अग्रता अझै बढाउँदै एमालेका सुहाङ

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी रहँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १२ हजार ६९ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उनी निकटतम प्रतिस्पर्धीभन्दा ४ हजार ६ सय ८३ मतले अघि छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ८ हजार ३८६ मत पाएका छन् । यसैगरी, पहिचानवादी ...
सोलुखुम्बुमा इन्डोनेसियाली नागरिकको मृत्यु

सोलुखुम्बुमा इन्डोनेसियाली नागरिकको मृत्यु

विराटनगर । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिकामा एकजना विदेशी नागरिकको मृत्यु भएको छ । सगरमाथा आधारशिविर जाने क्रममा सनासा भन्ने स्थानमा रहेको होटलमा बास बसेकी इन्डोनेसियाकी नागरिक मेरिस्टारिता सिनागाको मृत्यु भएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बास बसेको होटलमा ३६ वर्षीया ती महिला हिजो बिहान अचेत अवस्थामा फेला परेकी थिइन् । घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरी टोलीले उनलाई न...
बझाङमा एमालेका भण्डारी विजयी

बझाङमा एमालेका भण्डारी विजयी

विराटनगर । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गर्दै उनी विजयी बनेका हुन् । निर्वाचन आयोगका अनुसार भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे । अन्य उम्मेदवारहरुमध्ये ...
इलाममा सौतेनी आमाको हत्या

इलाममा सौतेनी आमाको हत्या

इलाम । इलामको माई नगरपालिका–२ दिपु डाँडामा एक युवकले सौतेनी आमाको हत्या गरेका छन् । मदिरा सेवन गरेर घर पुगेका स्थानीय २१ वर्षीय सन्देश दियालीले ३१ वर्षीया सौतेनी आमा नेत्रमाया खवासको गएराति हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका क्रममा उनले सौतेनी आमालाई बाम्फोकले शरीरको विभिन्न भागमा प्रहार गरेको प्रहरीले जनाएको छ । बाम्फोक प्रहारले खवासको दाहिने हात छिनिएको साथै टाउकामा गहिरो चोट ला...
रामेछाप उडेको सीता एयरको जहाज आकस्मिक अवतरण

रामेछाप उडेको सीता एयरको जहाज आकस्मिक अवतरण

विराटनगर । काठमाडौंबाट रामेछापका लागि उडेको सीता एयरको जहाज आज बिहान काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ । बिहान साढे ९ बजे काठमाडौंबाट रामेछापका लागि उडेको सीता एयरको ९०६ उडान नम्बरको जहाज २० मिनेटमै काठमाडौं फिर्ता गरिएको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ । जहाज विमानस्थलमा सुरक्षित अवतरण गरेको उल्लेख गर्दै विमानस्थल प्रशासनले चालक दल र यात्रु सकुशल रहेको जनाएको छ । जहाजमा ११ जना यात्रु थ...
भोजपुरमा गाडी पल्टँदा एकजनाको मृत्यु, १० घाइते

भोजपुरमा गाडी पल्टँदा एकजनाको मृत्यु, १० घाइते

विराटनगर । भोजपुरमा आज बिहान भएको बोलेरो गाडी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ । बालाङ्खाबाट मैयुटार जाँदै गरेको को १ ज ३६१७ नम्बरको बोलेरो गाडी आमचोक गाउँपालिका–८ बाह्रकुवा भन्ने स्थानमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता प्रहरी निरीक्षक दलकुमार राईका अनुसार एकजनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।...
इलाममा फराकिलो मतान्तरसहित अग्रता बढाउँदै एमालेका सुहाङ

इलाममा फराकिलो मतान्तरसहित अग्रता बढाउँदै एमालेका सुहाङ

इलाम । प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उनी निकटतम प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरले अघि देखिएका छन् । पछिल्लो तथ्याङ्कअनुसार १८ हजार ९४८ मत गन्दा नेम्वाङले २ हजार २८२ को मतान्तर बनाएका छन् । उनले ७ हजार ६७७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ५ हजार ३९५ मत ल्य...
धनकुटामा २६ वर्षीया युवती मृत फेला

धनकुटामा २६ वर्षीया युवती मृत फेला

धनकुटा । धनकुटा नगरपालिका-७ की प्रज्ञा बारकोटी श्रेष्ठ मृत फेला परेकी छन् । बसपार्क नजिक माइती घरमा बस्दै आएकी २६ वर्षीया श्रेष्ठ आइतबार साँझ घरमै मृत फेला परेकी हुन् । माइती घरको माथिल्लो तलाको सुत्ने कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको स्थानीय सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । उनका बुवा तुलसी बारकोटीले मदनचोकमा पुस्तक पसल सञ्चालन गर्दै आएका छन् । दिउँसो बुबाले पसल जाउ भन्दा नमानेर घ...
‘४५ वर्षदेखि बसिरहेको जग्गा खाली गर्न धम्की’

‘४५ वर्षदेखि बसिरहेको जग्गा खाली गर्न धम्की’

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–२ की अञ्जिराकुमारी पोद्दारले जग्गाको विषयलाई लिएर केही व्यक्तिले दैनिक धम्क्याइरहेको बताएकी छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गरी उनले आफ्नो परिवारलाई दैनिक धम्की आइरहेको बताएकी हुन् । उनको परिवार ऐलानी जग्गामा बसोबास गरिरहेको छ । २०३६ सालदेखि बसोबास गरिरहेको तर केही व्यक्तिले उक्त जग्गा आफ्नो नाममा रहेको भन्दै खाली गर्न बारम्बार धम्क्याइरहेको उनले बताइन् ...
बझाङमा एमालेका भण्डारीको अग्रता

बझाङमा एमालेका भण्डारीको अग्रता

विराटनगर । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा भएको उपनिर्वाचनको मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक परिणामअनुसार भण्डारीले १५७ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १३२ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१ मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा माओवादी केन्द्र...
इलाम : ५ जना उम्मेदवारलाई शून्य मत

इलाम : ५ जना उम्मेदवारलाई शून्य मत

इलाम । प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना धमाधम भइरहेको छ । प्रारम्भिक चरणको मतगणना परिमाण घोषणा हुँदा पाँचजना उम्मेदवारले एउटा पनि मत पाएनन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार १ हजार ५२१ मत गणना हुँदा एकीकृत समाजवादी पार्टीका उम्मेदवार जीतबहादुर राईसहित पाँचजना उम्मेदवारले शून्य मत पाएका हुन् । अन्य उम्मेदवारहरू धनराज राना मगर, जयवन्त विक्रम शाह, डाकप्रसाद गौतम ...
इलाम मतगणना : कांग्रेसका खड्काको सुरूआती अग्रता

इलाम मतगणना : कांग्रेसका खड्काको सुरूआती अग्रता

इलाम । इलाम–२ को हिजो सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् । फाकफोकथुम गाउँपालिका वडा–१ को मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मतका साथ अग्रता बनाएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङभन्दा १२३ मतले अघि देखिएका छन् । सुहाङले ५३४ मत प्राप्त गरेका छन् । यसैगरी अर्का प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार डेकेन्द...
इलाममा मतगणना सुरू

इलाममा मतगणना सुरू

इलाम । इलाम क्षेत्र नम्बर २ को मतगणना मध्याह्नबाट सुरु गरिएको छ । मतगणना सुरु गर्ने क्रममा उक्त क्षेत्रको फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतपेटिका खोलेर व्यवस्थापन गरिएको छ । फाकफोकथुममा २४ मतदान केन्द्र थिए । १६ हजार ३०२ मतदाता रहेको उक्त पालिकामा ९ हजार ६०४ मत खसेको थियो । उक्त पालिकाको गणनापछि चुलाचुली, माङ्सेबुङ, माई, देउमाईपछि अन्तिममा इलाम नगरपालिकाको मतगणना गर्ने तयारी रहेको मुख्य न...
तराईमा अझै केही दिन तातो हावा चल्ने

तराईमा अझै केही दिन तातो हावा चल्ने

विराटनगर । तराईका विभिन्न भागमा पाँच दिनसम्म तातो हावा चल्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले बैशाख २० गतेसम्म तातो हावाको लहर चल्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आइतबार विराटनगर, दाङको घोराही, भैरहवामा तातो हावा चल्ने प्रक्षेपण गरेको छ । यसैगरी, पहाडी जिल्लाका खोंच तथा उपत्यकामा पनि तापक्रम बढ्ने अनुमान गरिएको छ । मधेश प्रदेशसहित तराईका अधिकांश जिल्लाको तापक्रम केही दिनय...
इलामको मतगणना ११ बजे सुरू हुने

इलामको मतगणना ११ बजे सुरू हुने

इलाम । प्रतिनिधिसभा सदस्य चयनका लागि हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११ बजे सुरु गरिने भएको छ । राति अबेरसम्म सबै क्षेत्रका मतपेटिका संकलन भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा ती मटपेटिका संकलन गरिएको हो । मतगणना गर्ने सम्बन्धमा बिहानदेखि जारी सर्वदलीय, सर्वपक्षीय बैठक सकिएको छ । बैठकमा ११ बजेबाट मतगणना सुरु गर्ने सहमति भएको कार्यालयले जनाएको छ ...
error: Content is protected !!