संगालोखबर सम्वाददाता

विराटनगर । इलाम क्षेत्र नं.–२ र बझाङ क्षेत्र नं.–१ (क) मा आज उपनिर्वाचन हुदैछ ।     इलाम–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङ र बझाङ १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

Advertisement

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । १ लाख १६ हजार ८ सय ८९ मतदाता रहेको इलाम-२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

७९ मतदानस्थलमा रहेका १४९ मतदान केन्द्रबाट मतदान हुने निर्वाचन आयोगले जनाएको छ । सुरक्षाका दृष्टिकोणले ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ लाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

यता, ६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १ (क) मा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यहाँका ७४ मतदानस्थलमा ९३ मतदान केन्द्र तोकिएको छ । जसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ लाई अतिसंवेदनशील वर्गीकरण गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!