संगालोखबर संवाददाता

विराटनगर । पाँच वर्षका आफ्नै छोराको हत्या गरेको आरोपमा प्रहरीले सिरहाकी एक महिलालाई पक्राउ गरेको छ । सिरहाको लहानमा उनलाई पक्राउ गरिएको हो ।

Advertisement

सखुवा ननकारकटी गाउँपालिका-५ घर भई लहान नगरपालिका–१ मा बस्दै आएकी सरिताकुमारी साहले छोरा आयुषको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

बैशाख ११ गते बिहानदेखि आयुष बेपत्ता भएको जानकारी पाएपछि प्रहरीले खोजी सुरु गरेको थियो । अनुसन्धानका क्रममा सरिता बस्दै आएको कोठाको पलङभित्र घर्रामा बालकको शव फेला परेको थियो ।

प्रहरी नियन्त्रणमा रहेकी सरिताले छोराको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । हत्याको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!