क्यानाडा पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगेको आरोपमा झापाका युवक पक्राउ
काठमाडौँ । क्यानाडा पठाइदिने भन्दै सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा झापाका एक युवक पक्राउ परेका छन् ।
झापाको बिर्तामोड नगरपालिका–९ घर भई ललितपुरको चाङथली बस्ने २३ वर्षीय पुरुषोत्तम भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भण्डारीले क्यान...































