संगालोखबर
-ब्युरो अफ एयरक्राफ्ट एक्सिडेन्ट अर्काइभ (बीबीएए)

काठमाडौ नेपालमा हालसम्म भएका हवाई दुर्घटनामा ९१८ जनाको मृत्यु भएको छ । विश्वभर हुने हवाई दुर्घटनाको अभिलेख राख्ने संस्था ब्युरो अफ एयरक्राफ्ट एक्सिडेन्ट अर्काइभ (बीबीएए) का अनुसार नेपालमा हवाइ यातायात सुरु भएयता ६९ वटा दुर्घटना भएका छन् ।

उक्त संस्थाका अनुसार नेपालमा पहिलो पटक मानवीय क्षति हुने गरी सन् १९५५ मा कालिङ्गा एयरलाइन्सको विमान बाराको सिमरामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

Advertisement

सबैभन्दा बढी मानवीय क्षति सन् १९९२ मा ललितपुरमा पाकिस्तान इनटरनेशनल एयरलाइन्सको एयरबस ए–३०० विमान दुर्घटनामा भएको थियो । उक्त दुर्घटनामा १६७ जनाको ज्यान गुमाएका थिए ।

पछिल्लो पटक आज बिहान भएको सौर्य एअरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । पोखराका लागि उडेको उक्त विमानका एकमात्र जीवित पाइलटको उपचार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!