संगालोखबर

काठमाडौँ । नेपालको प्रशासनिक इतिहासमा पहिलोपटक सरकारको मुख्यसचिव महिला बनेकी छन् । सोलुखुम्बुकी लीलादेवी गड्तौलाले यो जिम्मेवारी पाएकी हुन् । मन्त्रिपरिषद्ले कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।

Advertisement

मन्त्रिपरिषद्को आज बसेको बैठकले उनलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको हो । उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।

२०२३ भदौ १५ गते तेह्रथुममा जन्मेकी गड्तौलाको हालको ठेगाना सोलुखुम्बुको सल्यान हो । २०५२ सालमा न्याय सेवाअन्तर्गत कानुन समूहबाट उनी शाखा अधिकृत बनेकी थिइन् । त्यसपछि उपसचिव, सहसचिव, सचिव हुँदै उनी कामु मुख्यसचिव बनेकी थिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!