संगालोखबर

विराटनगर । बस र विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा विराटनगरमा दीप प्रज्वलन गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर कमिटीले ट्राफिक चोकमा दीप प्रज्वलन गरेको हो ।

Advertisement

परिषद्ले त्रिशूलीमा भएको बस दुर्घटना र सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको परिषद्ले जनाएको छ । बुधबार भएको विमान दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । गत असार १८ गते चितवनको भरतपुरको सिमलतालमा पहिरोमा परी दुईवटा बस नदीमा खसेका थिए ।

बसमा भएका ६५ यात्रुमध्ये ३ जनाले ज्यान जोगाउन सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए । जसमध्ये १९ जनाको शव भेटिएको छ । अन्य यात्रु र बसको अवस्था अहिलेसम्म अज्ञात छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!