संगालोखबर

विराटनगर । विराटनगरस्थित एक होटलमा सुनसरीका म्यानपावर व्यवसायी आज बिहान मृत अवस्थामा भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका–६ का २८ वर्षीय राजीव फुयाँल विराटनगर–११ स्थित होटलमा मृत भेटिएका हुन् ।

Advertisement

प्रहरीका अनुसार होटलको १०८ नम्बर कोठामा झुण्डिएको अवस्थामा उनी फेला परेका छन् । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धान जारी रहेको भन्दै प्रहरीले घटनाबारे विस्तृत जानकारी पछि सार्वजनिक गर्ने जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार भारत हुँदै डेनमार्क पठाउने भनेर हिजो उनले विभिन्न स्थानका २५ जना युवालाई विराटनगर ल्याएको पाइएको एक प्रहरी अधिकृतले जानकारी थिए । उनका अनुसार ती युवाहरू भने अन्यत्रै बसेका थिए ।

बिहान ती युवाहरू उनलाई खोज्दै होटल पुगेका थिए । त्यस क्रममा उनी झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । डेनमार्क पठाउने भनेर उनले एकजनाको ७ लाख रुपैयाँ लाग्ने बताएको उनले ल्याएका युवाहरूले प्रहरीलाई जानकारी दिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!